कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पोर्चुगलले जित्यो नेसन्स लिग उपाधि

एएफपी

पोर्टो — पोर्चुगलले आइतबार राति नेसन्स लिग उपाधि जितेको छ । सन् २०१६ को युरोपेली विजेताले गोन्कालो गुडेसको गोलको मदतले नेदरल्यान्ड्सलाई १–० ले हरायो । 

पोर्चुगलले जित्यो नेसन्स लिग उपाधि

डच डिफेन्डर जोडी भर्जिल भान डायक र म्याथिज डे लिटले क्रिस्टियानो रोनाल्डोलाई पूरा खेल समय शान्त राखेपनि भ्यालेन्सियाका विन्गर गुडेसलाई रोक्न सकेनन् ।


गुडेसले ६० औं मिनेटमा निर्णायक गोल गरे । पोर्चुगलले फाइनल प्रवेशका लागि स्विट्जरल्यान्डलाई हराएको थियो । तेस्रो स्थानका लागि आइतबार नै भएको खेलमा इंग्ल्यान्डले स्विटजरल्यान्डलाई हरायो ।


प्रकाशित : जेष्ठ २७, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?