१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भिल्ला उक्लियाे प्रमियिर लिगमा

एएफपी

लन्डन — एस्टन भिल्ला सोमबार रातिकाे खेलमा डर्बी काउन्टीलाई हराएर फेरि इंग्लिस प्रमियिर लिगमा फर्केको छ । वेम्बलीमा भएको खेल २–१ ले जितेर भिल्ला फेरि माथिल्लाे डिभिजनमा फर्केको हो । 

तीन वर्षको अनुपस्थितिपछि भिल्लालाई माथिल्लाे डिभिजनमा फर्काउन एल गाजी र म्याक गिनले गोल गरे । डर्बीका तर्फबाट वागहर्नले एक गोल फर्काए ।

यस च्याम्पियनसिप प्ले अफलाई विश्वकै सर्वाधिक महँगो खेल मानिन्छ। यसमा विजेताले १७ करोड डलर भन्दा बढी पाउने हुन्छ भने हार्ने टमिले केही पनि पाउने छैन् र फेरि दोस्रो डिभिजनमै खेल्न बाध्य हुनेछ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?