सन्दीपको ठूलो अनुबन्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — लन्डनमा भएको ड्राफ्टबाट युवा स्टार सन्दीप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) बार्वाडोस ट्राइडेन्टसले पाँचौं राउन्डमा अनुबन्ध गरेको छ ।

उनले कम्तीमा ७० हजार डलर पाउने छन्। गत वर्ष सन्दीपले सेन्ट किट्सबाट सीपीएल खेलेका थिए।

प्रकाशित : जेष्ठ ८, २०७६ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्

असिनापानीले नवलपरासीका हुरीपीडितको बिजोग 

नारायण शर्मा

नवलपरासी — हुरीले घरको छानो उडाएका देबचुलीका बासिन्दालाई बुधबार साँझको असिनापानीले बिजोग बनाएको छ । मंगलबारको हुरीले छानो उडाएर चौरमा ओतलागेका २ सय घरपरिवारलाई बुधबार साँझ परेको असिनापानीले भागाभाग बनाएको हो । असिनापानीले नजिकको घरमा ओत लागेका र सुरक्षित स्थलमा आश्रय बनाउन नपाउँदै भीषण पानीको हो ।

बुधबार पनि केही घरका छानो उडाइदिएको छ ।
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष खिमानन्द भुसालले बुधबार साँझको हुरीले कम्तीमा दुई दर्जन घरका छाना उडाइदिएको बताए । ती सबै घरको खाद्यान्न, लत्ताकपडा भिजेको छ । देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले ओत लाग्ने अवस्थासमेत नभएर घर पुरै क्षति भएका परिवारलाई नगरपालिकाले २ बण्डलका दरले जस्तापाता उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । उनले आपतकालीन उद्धार र राहत वितरणका लागि प्रदेश र केन्द्र सरकारसँग माग गरिएको जानकारी दिए ।

हावाहुरी र असिनापानीले सुत्केरी, बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन् । उक्त नगरपालिकाको रामबास, सिताबास, मुढाबास, बिशालटार, धारापानी र लक्ष्मीपुर क्षेत्रका जस्ताका छानो भएका सबैजसो पुराना घरको छानो उडाएको हो ।

प्रकाशित : जेष्ठ ८, २०७६ २१:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्