कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सिटी कति धेरै बलियो

एएफपी

लन्डन — पेप ग्वार्डिओलालाई उल्टै लाज लागेको हुनुपर्छ, म्यानचेस्टर सिटीले वाटफोर्डलाई एफए कप फाइनलमा शनिबार राति ६-० ले हराउँदा । कपको १ सय १६ वर्षे इतिहासमा फाइनल एकपक्षीय बिरलै भएको छ ।

सिटी कति धेरै बलियो

यसले पनि देखाउँछ, यसपल्टको इंग्लिस फुटबल सिजन कस्तो रह्यो भनेर । सिटी साँच्चै कति धेरै बलियो रह्यो भने यस्तो प्रभुत्वको सिजन यसअघि कहिल्यै देखिएको थिएन । सिटीले एकै सिजन पहिलोपल्ट तीन उपाधि जित्यो ।


पि्रमियर लिग, एफए कप र लिग कप । सँगै कम्युनिटी सिल्ड पनि । अबुधाबीको शाही परिवारका सदस्य शेख मन्सुरले के एकपल्ट सिटीको स्वामित्व आफ्नो हातमा लिए, क्लबले जितेको यो प्रमुख उपाधिको संख्या १० पुगेको छ । प्रशिक्षककै रूपमा ग्वार्डिओलाले जितेको उपाधिसंख्या पनि २७ पुगेको छ । त्यसमध्ये ६ उपाधि उनले ३ वर्षअघि इंल्यान्ड आएयता जितेका हुन् । कुल १४ वर्षमा ग्वार्डिओलाले बार्सिलोनाका लागि १४ र बायर्न म्युनिखका लागि ७ उपाधि जिते ।


सिटीका लागि उनले एक उपाधि भने अहिलेसम्म जित्न सकेका छैनन् । यस्तै पीडा उनले जर्मनी छँदा पनि बेहोरेका थिए । त्यो थियो युरोपेली च्याम्पियन्स लिग । जति बेलासम्म सिटीले उनको नेतृत्वमा च्याम्पियन्स लिग जित्ने छैन । उनी र क्लबले केही जितेको छैन भनेर पनि आलोचना गरिने छ । भलै, तिनै ग्वार्डिओलाले बार्सिलोनाका लागि दुईपल्ट युरोपेली उपाधि जिते । सायद के सम्म भन्न मिल्छ भने एकै सिजन घरेलु तीनै उपाधि जित्नु आफैमा दुर्लभ छ ।


यो च्याम्पियन्स लिग जित्नुभन्दा पनि कठिन छ किनभने अहिलेसम्म कुनै टिमले यस्तो उपलब्धि हात पार्न सकेको छैन । यी क्याटलन फुटबल प्रशिक्षकले सिटी र इंग्लिस फुटबलका लागि त्यस्तो उच्च सफलताको आधार तयार पारेका छन्, जसमा सबैलाई गर्व हुनेछ । अर्को सिजन थप सफलताका लागि सिटी अझै भोको भने रहनेछ । 'हामीले पि्रमियर लिग एकै अंकले मात्र जित्यौं, हाम्रा प्रतिस्पर्धी धेरै पछाडि थिएनन्, त्यसैले हामी शान्त रहन सक्दैनौं,' ग्वार्डिओला आफैं यति मान्छन् ।


उनको थप विश्लेषण छ, 'लिभरपुलले हामीलाई प्रस्टसँग देखाएको छ, भविष्यमा केही जित्न अझ कति गाह्रो हुनेछ भनेर । निश्चित छ, हामी निकै माथिल्लो स्तरको प्रतिस्पर्धा सामना गर्दैछौं र गर्नेछौं ।' उनको यो दाबी केही हदसम्म होइन जस्तो पनि लाग्नेछ । यो तथ्यले समग्र इंग्लिस फुटबललाई नै राम्रो भने गर्ने छैन । नत्र वेम्बलीमा हुने एफए कप फाइनल यति साह्रो एकपक्षीय हुने थिएन । देखिने थिए, धनी र ठिक्कको क्लबबीचको स्तरअन्तर अझ बढ्दै छ ।


सिटी वास्तवमै कति बलियो छ भने ग्वार्डिओलासामु सर्जियो अगुइरो जतिको खेलाडीलाई पूरा ९० मिनेट बेन्चमै राख्ने उपाय छ । अनि केभिन डे ब्रुयनलाई पनि खेलको अन्तिम ४० मिनेटमा उतार्ने तर तिनै खेलाडी अझै खेलको 'म्यान अफ द म्याच' हुने मौका पनि हुनेछ । त्यति मात्र होइन, ग्याबि्रयल जेससले लिगमा जम्माजम्मी ८ पल्ट सुरुदेखि खेल्न पाए तर यी खेलाडीको सिजनमा गरेको गोलसंख्या २१ पुग्छ । फाइनलमै पनि उनले २ गोल गरे ।


सिटीले लगातार दोस्रो सिजन यसपल्ट लिग उपाधि जितेको हो । यसक्रममा पि्रमियर लिगमा उपाधिका लागि चर्को प्रतिस्पर्धा चलेको तथ्य पनि हामीसँग नभएको होइन । लिभरपुल दोस्रो स्थानमा रह्यो र उसले बटुलेको अंक पनि लिग इतिहासमै तेस्रो बढी थियो । सिटीले एफए कप जितेकै दिन, बार्यन म्युनिखले पनि जर्मनीमा लिग जित्यो । अर्को दुर्लभ संयोग पनि बन्यो, युरोपका पाँच ठूला लिगमा पहिलोपल्ट यसअघिकै विजेताले उपाधि रक्षा गरेको ।


वाटफोर्ड भने फेरि एकपल्ट क्लब इतिहासमै पहिलोपल्ट कुनै ठूलो उपाधि जित्नबाट वन्चित रह्यो । यहाँनिर डर के पनि छ भने कतै सिटीमाथि च्याम्पियन्स लिग खेल्नबाट एक वर्ष प्रतिबन्ध लाग्ने त होइन ? फिफा र यूईएफएले सिटीविरुद्ध छानबिन पनि गरिरहेको छ, कतै चर्को आर्थिक चलखेल पनि गर्‍यो कि भनेर । केही नचिताएको भएमा यो नै सिटीलाई रोक्ने एकमात्र उपाय हुनसक्ने छ । अहिले तत्काल भने सिटीको नजर हुनेछ, कम्युनिटी सिल्डमा लिभरपुलविरुद्ध हुने खेल ।


- किरन चानिङ

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?