कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एपीएफ च्याम्पियन

धनकुटा — विभागीय टोली एपीएफ क्लबलले शुक्रबार १४ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबलको उपाधि जितेको छ । एपीएफको सिजनको यो पहिलो उपाधि हो । अघिल्लो सिजन आधा दर्जन उपाधि जितेको दाउफिन्स यसपल्ट चुकेको छ ।

एपीएफ च्याम्पियन

तल्लो टुँडिखेलमा भएको फाइनलमा एपीएफले क्यामरुनी टोली दाउफिन्स फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा ३-२ ले पराजित गर्दै उपाधि कब्जा गरेको हो । दुवैबाट निर्धारित ९० मिनेटको अवधिमा २-२ गोल भएपछि पेनाल्टी शुटआउटमा पुगेको थियो ।


दाउफिन्सका एन्जामा यानिकले हानेको पहिलो पेनाल्टी पोस्ट नजिकबाट बाहिरिएपछि टोली दबाबमा परेको थियो । दाउफिन्सका पेटेंगा र गोलकिपर पि्रसोले मात्र गोल गरे भने मेस्सोवोकले पेनाल्टीलाई एपीएफका गोलकिपर अमृत

चौधरीले बचाए ।


एपीएफका रवि थिङ, हरि कार्की र घनश्याम थारु गोल गर्न सफल भए । तर बुद्धि राईले पेनाल्टी गोलरक्षक पि्रसोले रोकेका थिए ।


निर्धारित समयमा दाउफिन्स पेटेंगाले २३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । तर केही बेरपछि नै ओको वोटाले पेनाल्टी बक्समा फाउल गरेपछि एपीएफले पेनाल्टी मौका पायो । त्यसमा रवि थिङले गोल गर्दै खेल बराबरी ल्याए । दाउफिन्सका यान्निक ओवानाले गोल थप्दै टिमलाई २-१ को अग्रता दिलाए । तर अन्तिम समयमा एपीएफको तर्फबाट महेश लामाले गोल गरेर फेरि खेल बराबरीमा ल्याएका थिए । त्यसपछि विजेताको छिनोफानो पेनाल्टी शुटआउटमा गरिएको हो ।


विजेता एपीएफले ४ लाख रुपैयाँ र सिल्ड हात पारेको छ । दाउफिन्सले २ लाख रुपैयाँमा चित्त बुझाएको छ । म्यान अफ द टुर्नामेन्ट एपीएफका रवि थिङ घोषित भए । उनले २० हजारसहित पदक जिते । डिफेन्समा एपीएफका सरोज कोइराला, गोलकिपरमा अमृत चौधरी र प्रशिक्षकमा सोभित श्रेष्ठ उत्कृष्ट भए । फरवार्डमा दाउफिन्सका यानिक उत्कृष्ट चुनिए ।


विजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, प्रदेश सांसद लीला सुब्बालगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।


सहिद भीमनारायण श्रेष्ठको नाममा २०५५ सालमा स्थापना गरिएको प्रतियोगिता केही वर्ष स्थगित भए पनि २०६३ यता नियमित हुँदै आएको संस्थापक राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?