१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विश्व र्‍याफ्टिङ च्याम्पियनसिप : नेपाली टिम स्प्रिन्टमा पाचौं स्थानमा

राजु घिसिङ

क्वीन्सल्यान्ड, अस्ट्रेलिया — नेपाली राष्ट्रिय र्‍याफ्टिङ टिमले पुरुष खुलातर्फको स्प्रिन्ट स्पर्धा पाँचौं स्थानमा पूरा गर्दै क्वीन्सल्यान्डस्थित टाली नदीमा बिहीबार १८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको सुरुआत गरेको छ ।

विश्व र्‍याफ्टिङ च्याम्पियनसिप : नेपाली टिम स्प्रिन्टमा पाचौं स्थानमा

सुरज गुरुङ गुरुङको कप्तानीमा उत्रिएको नेपाली मिटले वर्षात्‌बीच २४७.७८ सेकेन्डमा दुरी स्प्रिन्ट पुरा गर्दै पाँचौं स्थान हासिल गरेको हो । विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको इतिहासमा नेपाली टिमको स्प्रिन्टमा सबभन्दा राम्रो नतिजा यही हो ।


आर ६ तर्फको विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा डिफेन्डिङ च्याम्पियन ब्राजिलले स्प्रिन्टमा स्वर्ण पदक जित्दै राम्रो सुरुआत गरेको छ । उसले २४२.५२ सेकेन्डमा डुंगा पार गरायो । दुई वर्षअघिको नतिजा दोहोरिँदा जापान (२४३.५९ सेकेन्ड) फेरि रजत पदकमै सीमित भयो । रुस (२४३.९९ सेकेन्ड) ले कांस्य हात पार्‍यो । १६ देश सहभागी यस स्पर्धामा न्युजिल्यान्ड २४६.६७ सेकेन्डसाथ चौथोमा रह्यो ।


सुरजसहित शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, रविल मियाँ र वैकल्पिक खेलाडी सुनिल गुरुङ रहेको नेपाली टिमले हेड टु हेडमा शुक्रबार चीनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल जितेमा नेपालको क्वाटरफाइनल भेट ब्राजिलसँग हुनेछ ।

प्रकाशित : जेष्ठ २, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?