२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

शुक्र एक स्ट्रोकले अगाडि

काठमाडौँ — एमेच्योर गल्फर शुक्रबहादुर राईले एक स्ट्रोकको अग्रता हासिल गरी सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको फाइनल चरण तय गरेका छन् । गोकर्ण गल्फ कोर्समा बुधबार शुक्रले भुवन नगरकोटी र अर्का एमेच्योर सुवास तामाङलाई पछि पारे ।

शुक्र एक स्ट्रोकले अगाडि

तेस्रो चरणमा शुक्रले २ अन्डर ७० को कार्डसहित समग्रमा ६ अन्डर २ सय १० को प्रदर्शन गरे । भुवनले ३ अन्डर ६९ र मंगलबार अग्रता लिएका सुवासले १ ओभर ७३ को प्रदर्शन गरेपछि शुक्रको अग्रता सम्भव भएको हो । दुवै गल्फरको समग्रमा ५ अन्डर २ सय ११ को स्कोरकार्ड छ ।


३ अन्डर ६९ को प्रदर्शन गरेका एमेच्योर टासी छिरिङको समग्र स्कोर २ अन्डर २ सय १४ को छ भने सन्जोग मोक्तान र धनबहादुर थापाले समान इभन पार २ सय १६ को प्रदर्शन गरेका छन् । बुधबार सन्जोगले १ ओभर ७३ र धनबहादुरले २ ओभर ७४ को प्रदर्शन गरे । विकास अधिकारी, एमेच्योर टंकबहादुर कार्की र रमेश अधिकारीले समग्रमा समान १ ओभर २ सय १७ स्कोर गरेका छन् । विकासले १ ओभर ७३, टंकले २ ओभर ७४ र रमेशले बिर्सनलायक ४ ओभर ७६ को प्रदर्शन गरे ।


रामे मगर र जयराम श्रेष्ठले समग्रमा २ ओभर २ सय १८ तथा रवि खड्का, कृष्णमान राजवाहक र एमेच्योर विनोद तामाङले समग्रमा समान ४ ओभर २ सय २० को कार्ड बनाए । सूर्य नेपाल गल्फ टूरको सबैभन्दा ठूलो प्रतियोगितामा २८ प्रोफेसनल र ८ एमेच्योर गल्फर फाइनल चरण प्रवेश गरेका छन् । प्रतियोगितामा ४० प्रोफेसनल र २० एमेच्योर गल्फरको सहभागिता थियो ।

प्रकाशित : जेष्ठ २, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?