१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ह्विलचियर क्रिकेट आजदेखि

काठमाडौँ — नेपाल ह्विलचियर किकेट संघको आयोजनामा विश्वमै पहिलोपल्ट एसिया कप ट्वान्टी–२० ह्विलचियर क्रिकेट बुधबार सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जेठ ४ सम्म चल्ने एसिया कपमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका राष्ट्रिय टिमले भाग लिने छन् । 

बुधबार नेपाल–भारतबीच खेल हुनेछ । दोस्रो खेलमा बंगलादेश–पाकिस्तानको प्रतिस्पर्धा हुनेछ । क्रिकेटको अन्तर्राष्ट्रिय नियमअनुसार खेलाइने भए पनि बाउन्ड्री ५० मिटर र पिच १८ यार्डको हुनेछ ।

चार टोलीले एकअर्कासँग खेल्नेछन् । लिग चरणबाट शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आयोजक संघले मंगलबार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सबै सहभागी देशको टोली काठमाडौं आइसकेको आयोजक संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जनाए ।

प्रतियोगिताको १ करोड रुपैयाँ बजेट अनुमान गरिएको छ । भारतका कप्तान रमेश सरताउपेले भने, ‘हाम्रो सन्देश भनेकै हामीले पनि अन्यसरह खेल्न सक्छौं भन्ने हो । हामी हरेक क्षेत्रमा सक्षम छौं ।’

प्रकाशित : जेष्ठ १, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?