कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पदकधारीलाई १० वर्षे प्रतिबन्ध

काठमाडौँ — नेपाल जुडो संघले १२ औं सागका पदकधारी रमेश मगरलाई १० वर्षको प्रतिबन्ध लगाएको छ । प्रशिक्षकको व्यवहारिक परीक्षाका लागि हंगेरी गएका रमेश नफर्किएपछि संघले कारबाही गरेको हो ।

संघको वैशाख २० मा बसेको बैठकले रमेशलाई कारबाही गर्ने निर्णय गरेको हो । भारतमा सम्पन्न सागका कांस्य पदक विजेता हुन् । ११ औं ढाका सागमा भने बंगलादेशमै लिफ्ट दुर्घटनामा परेर सहभागिता जनाउन पाएनन् ।


रमेश अन्तर्राष्ट्रिय जुडो फेडेरेसनको एकेडेमी लेभल १ प्रशिक्षक कोर्सको सैद्धान्तिक परीक्षा उत्तीर्ण गरी व्यवहारिक परीक्षाका लागि वैशाख १ गते हंगेरी गएका थिए । उनी परीक्षामा सहभागी नभई उतैबाट पलायन भएपछि संघको प्रतिष्ठामा आँच पुर्‍याएकाले कारबाही गरिएको जुडो संघले जनाएको छ ।


यसअघि जुडो संघले ओलम्पियन फुपुल्हामु खत्रीलाई सन् २०२० को टोकियो ओलम्पिकसम्मका लागि प्रतिबन्ध लगाएको थियो । ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत जापानमा विशेष प्रशिक्षणमा पठाइएकी १२ औं सागकी स्वर्णधारी फुपुलाई कोर्स पूरा नगरी जापानको कुनै पनि निकाय र जुडो संघसँग समन्वय नगरी स्वदेश फर्किर्एकाले कारबाही गरिएको हो । उनलाई जुडोसँग सम्बन्धित कुनै पनि कार्यक्रममा सहभागी नगराउने संघले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित : वैशाख ३१, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?