कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सूर्य नेपाल प्रिमियर गल्फ : जयरामको अग्रता

काठमाडौँ — सूर्य नेपाल गल्फ टूर २०१८/१९ अन्तर्गत अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो चरणमा जयराम श्रेष्ठले अग्रता बनाएका छन् ।

सूर्य नेपाल प्रिमियर गल्फ : जयरामको अग्रता

पहिलो दिन सोमबार जयरामले ४ अन्डर ६८ को प्रदर्शन गर्दै एमेच्योर सुवास तामाङलाई १ स्ट्रोकले पछि पारेका छन् । सुवासले ३ अन्डर ६९ को प्रदर्शन गरे ।

दुई अन्डर ७० को स्कोर गरेका कृष्णमान राजवाहक र चूडाबहादुर भण्डारीले सुवास र जयरामलाई पछ्याइरहेका छन् । रामे मगर, विकास अधिकारी र एमेच्योर टंकबहादुर कार्कीले संयुक्त रूपमा एक अन्डर ७१ को स्कोर गरे ।

दीपेन्द्र रायमाझी, सचिन भट्टराई तथा एमेच्योर टासी छिरिङ र विनोद तामाङले इभन पार ७२ को स्कोर गर्दा भूबहादुर गुरुङ, संजोग मोक्तान, धन थापा, बलभद्र राई, दीपक आचार्य र दीपक मगरले १ ओभर ७३ स्कोर गरेका छन् ।

जयरामले सुरुआती दुई होलमा पार प्रदर्शनबाट सुरुआत गरे । तेस्रो होलमा उनले इगल प्रहार गरे । पाँचौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरेका उनले फ्रन्ट नाइनमा ४ अन्डर ३२ को स्कोर निकाले । ब्याक नाइनमा १६ औं होलमा बोगी खेपेका उनले १८ औं होलमा बर्डी प्रहार गरी इभर पार ३६ को प्रदर्शन गरे ।

प्रतियोगितामा ४० व्यावसायिक र २० एमेच्योर गल्फरको सहभागिता छ । १६ लाख रुपैयाँ पुरस्कार राशिको यस प्रतियोगिता सिजनकै ठूलो हो । विजेताले २ लाख ३० हजार, उपविजेताले १ लाख ४० हजार र तेस्रो हुनेले ९५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । अन्य २४ स्थानसम्म आउने नगद पुरस्कार पाउनेछन् ।

प्रकाशित : वैशाख ३१, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?