कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

भरतपुर गोल्डकप : संकटा सेमिफाइनलमा

चितवन — संकटा क्लबले जावलाखेल युथलाई पेनाल्टी शुटआउटमा ३-१ ले पराजित गर्दै नारायणगढ क्याम्पाचौरमा जारी भरतपुर गोल्डकप फुटबलमा सोमबार सेमिफाइनल यात्रा गरेको छ । संकटाले वाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । जावलाखेलले शनिबारमात्र सिन्धु कप जितेको थियो । 

संकटाले बुधबार घरेलु टोली चितवन-११ सँग खेल्ने छ । सोमबार निर्धारित समयभित्र दुवै टिमले गोल गर्न सकेनन् । त्यसपछि पेनाल्टी शुटआउटमा जावलाखेलको पहिलो प्रहारमात्र सफल भयो । अरु तीन पेनाल्टी असफल भयो ।


पाँचौं पेनाल्टी प्रहार गर्दा संकटाका दुईमात्रै असफल भएका कारण नतिजाका लागि जावलाखेलको अन्तिम प्रहार आवश्यक परेन । संकटाका कप्तान अमित तामाङ म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।


उता समय अभावका कारण अघिल्लो दिन स्थगित झापा-११ र च्यासल युथबीचको खेल सोमबार बिहान सम्पन्न भयो । आइतबार हावाहुरी र गोल विवादका कारण समय लम्बिएपछि खराब प्रकाशका कारण खेल रोक्नुपरेको थियो । मध्यान्तरपछि २६ औं मिनेट चल्दै गर्दा खेल स्थागित भएको थियो । झापा २ र च्यासल १ गोलको अवस्थामा थियो ।


सोमबार बाँकी समय खेलाउँदा दुवै टिमले गोल थपेनन् । तनावपूर्ण खेलको नतिजा झापाले आफ्नै पक्षमा राख्न सफल भयो । थ्रीस्टार क्लब नआउने भएपछि मंगलबार एपीएफले अन्तिम क्वाटरफाइनलमा वीरगन्ज युनाइटेडसँग खेल्नेछ ।

प्रकाशित : वैशाख ३०, २०७६ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?