सहिद भीमनारायण स्मृति गोल्डकपः आयोजक धनकुटा ११ र विर्तामोड भिड्दै

रमेशचन्द्र अधिकारी

धनकुटा — सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करणअन्तरगत आजको खेल आयोजक धनकुटा ११ र विर्तामोड युनाइटेड झापा बीच हुँदैछ । 

धनकुटाको तल्लो टुँडिखेलमा अपरान्ह दुई बजेपछि खेल सञ्चालन हुने आयोजकले जनाएको छ । शनिबारदेखि जारी प्रतियोगितामा विभिन्न विभागीय तथा दुई अन्तर्राष्ट्रिय टिम सहभागी भएको आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।


प्रतियोगितामा फ्रेन्स क्लब, सशस्त्र प्रहरी बल, आयोजक धनकुटा ११, विर्तामोड युनाइटेड क्लब झापा, विन्दाबासिन फुटबल क्लब मोरङ, धरान फुटबल क्लब सुनसरी, रोयल फुटबल क्लब भारत र डाउफिन्स क्लव क्यामरुन गरी ८ समूह सहभागी छन् ।


शनिबारको खेलमा रोयल फुटबल क्लब भारतलाई पराजित गर्दै विन्ध्यवासिनी मोरङ सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।


प्रतियोगिताको विजेता टिमले चार लाख र उपविजेताले दुई लाख पुरस्कार पाउने छन् ।


प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र म्यान अफ दि सिरिज (सर्वोत्कृष्ट) खेलाडीबाट पुरस्कृत हुनेछन् भने उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ।

प्रकाशित : वैशाख २९, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?