कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भीम र सुनमायालाई उपाधि

अनिश तिवारी

सिन्धुपाल्चोक — गोरखाका भीमबहादुर गुरुङले शनिबार भएको गोसाइकुण्ड टु हेलम्बु ट्रेल म्याराथन उपाधि जितेका छन् । उनले रसुवाको च्योलाङपाटी हुँदै हेलम्बु मराम्चीसम्मको दूरी ५ घण्टा ७ मिनेटमा सकेर ५० हजारसहित ह्योल्मो ढङ्येन टुंगुना बाजा पाए । 

भीम र सुनमायालाई उपाधि

ओखलढुंगाका सुमन कुलुङले ५ घण्टा ११ मिनेटमै मराम्चीमा पाइला राखेर दोस्रो हुँदै ३० हजार र खुकुरी लिएर चित्त बुझाए । ६ घण्टामा दौड पूरा गरेका सोलुखुम्बका कल्साङ तामाङ भए ।


उनले १५ हजारसँगै सांस्कृतिक डम्फु पाए । निर्धारित दुरी ६ घण्टा १५ मिनेटमा पूरा गरेकी जुम्लाकी सुनमाया तामाङ बुढाले महिलातर्फको उपाधि जितिन् । उनले ५० हजार पाइन् । ७ घण्टा २५ मिनेटमा दौड सकेकी खोटाङकी पि्रया राईले ३० हजार र ८ घण्टा ७ मिनेटमा दौड पूरा गरेकी ओखलढुंगाकी छोकी शेर्पाले १५ हजार पुरस्कार पाए ।


सिन्धुपाल्चोकका शीर्ष तीन स्थानका विजेता खेलाडीमा हेलम्बुका ग्याल्साङ लामाले ५ हजार, फुर्बा तामाङले ३ हजार र विकास तामाङले १ हजार ५ सय पाएका छन् । जिल्लाकै महिलातर्फ पाँचपोखरी गाउँपालिकाको भोताङकी लाम्बुटी लामाले ५ हजार र खेन्दो लामाले ३ हजार पाए ।


पर्यटकीय क्षेत्रमा प्रसिद्ध हेलम्बु र रसुवाको गोसाइँकुण्डलाई जोड्न हेलम्बु ट्रेल रनिङ क्लबले आयोजना गरेको अन्तर्राष्ट्रिय ट्रेल म्याराथनमा विदेशी र नेपाली गरी २५ जनाको सहभागिता थियो । ४२ किलोमिटर दूरीको ट्रेल म्याराथन ६ घण्टामा पार गर्ने अपेक्षा राखेर पर्यटकीयस्थलमा एक दिनका लागि आयोजना गरिएको क्लबका अध्यक्ष मनीष तामाङले बताए ।


हेलम्बु गाउँपालिकाले ५ लाखदेखि विभिन्न सामग्री दिएर सघाइरहेको ट्रेल म्याराथनका खेलाडी शनिबार नै रसुवाको बुद्धडाँडा, गोसाइँकुण्ड, ८ कुण्ड हुँदै फेदीबाट घोप्टे, ठाडेपाटीबाट मुग्लिनकोट घुम्दै आएका थिए । तामाङका अनुसार टप १० भित्र पर्नेलाई जनही २ हजार दिइएको छ । नेपालमै हराउँदै गएका पुराना पदमार्गमा ट्रेल आयोजना गरेर आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्ने र ट्रेल म्याराथन खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित : वैशाख २९, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?