१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एनफिल्डमा एक अविस्मरणीय रात

रोरी स्मिथ

लिभरपुल — लिभरपुलका सबै खेलाडी 'कोप' दर्शकदीर्घा अगाडि उभिए । जसले त्यो खेल खेलेका थिए । जसले त्यो खेल हेरेका थिए, सबैलाई अझ पनि विश्वास भइरहेको थिएन । खेलाडीका हात एकअर्काको काँधमा थियो ।

एनफिल्डमा एक अविस्मरणीय रात

यो एकबद्धता किन पनि चाहिएको थियो भने त्यो एक रात एनफिल्डमा के भएको थियो, त्यो अविश्वमरणीय थियो । दर्शकदीर्घातिर भने कोही झण्डा फहरराइरहेका थिए । कोही स्कार्फ हल्लाइरहेका थिए । केही गीत गाइरहेका थिए ।


खेल सकिएको कतिबेरसम्म पनि दर्शकदीर्घा अझै भरिभराउ नै थियो । कोही पनि घर जाने मनसायमै थिएनन् । सबैलाई लागिरहेको थियो, त्यो क्षण अझै कायम होस् । त्यसको केही टाढा अर्को दर्शकदीघर्ामा बार्सिलोनाका समर्थक थिए । उनीहरू भने सकेसम्म रंगशाला छाड्ने हतारोमा थिए, तर पाइरहेका थिएनन् । पाहुना समर्थकले रंगशाला छाड्ने पालो त्यति बेला मात्र आउँछ, जति बेला घरेलु समर्थक गइसकेको हुन्छ । सुरक्षाका लागि प्रहरीको व्यवस्था नै यस्तै थियो ।


बार्सिलोनाका समर्थकको नजरमा यो पीडादायी नै थियो । आखिरमा बार्सिलोनाले क्लबको इतिहासमै सबैभन्दा लज्जा लाग्ने हार बेहोरेको थियो ४-० को । युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो । त्यसैले दोस्रो लेगको खेलमा यस्तो नतिजा आउने छ भनेर सायद अपेक्षा गरिएको थिएन । लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले आफ्ना समर्थकलाई भनेका थिए, 'खेललाई महोत्सवमा बदल्नुपर्छ ।'


तिनै दर्शकले उत्साही नबनाए, खेलाडीलाई कसले उत्साही बनाउँथ्यो त ? लिभरपुल समर्थकले यो काम खुबै ढंगले गरे । त्यसको उल्टो, बार्सिलोना समर्थकको अनुहारमा विश्वास पटक्कै थिएन । सबै स्तब्ध थिए । उनीहरूलाई सुरुमा लागेको थियो, अब आफ्नो टिम फाइनल पुग्नेछ । तर भइदियो ठीक उल्टो । 'यु विल नेभर वक एलोन' गीत चारैतर्फ बजिरहेको । त्यस गीतको माहोलमा क्याटलन रंग, भाव र विश्वास सबै लुप्त थियो ।


बार्सिलोनाको यस सिजन सुरु भएको थियो, १० महिनाअगाडि । नो क्याम्पमा त्यति बेला लियोनल मेसी केही बोलिरहेका थिए, उनको हातमा माइक्रोफोन थियो । सिजन सुरु हुनु अगाडि कप्तानले बोल्ने बार्सिलोनाको चलन नै हो । मेसी सार्वजनिक रूपमा बिरलै बोल्छन् । जोन ग्याम्पर ट्रफीका लागि भएको मैत्रीपूर्ण खेलमा मेसीको भूमिका त्यो दिन त्यस्तै थियो । मेसीले त्यति बेला भनेका थिए, 'चार वर्षयता बार्सिलोनामा पहिलोपल्ट युरोपेली च्याम्पियन्स लिगको ट्रफी ल्याउनुपर्छ ।'


त्यस सिजनको ठीक अगाडि बार्सलोना क्वाटरफाइनलमा एएस रोमासँग पराजित भएको थियो । त्यति बेला पनि सुरुमा बार्सिलोनाकै अग्रता थियो, तर त्यसलाई टिमले रक्षा गर्न सकेन । रोमाविरुद्ध बार्सिलोनाले बेहोरेको त्यो हार मेसीका लागि खुबै पीडादायी थियो । उनका लागि यस्तै पीडादायी हार अरू दुई पनि छन् । सन् २०१० मा जोसे मोउरिन्होको इन्टर मिलानविरुद्ध अनि सन् २०१२ मा चेल्सीविरुद्ध । मेसीले एक रेडियो अन्तर्वार्तामा यस्तै भनेका थिए ।


यसपल्ट मेसी कुनै पनि हालतमा युरोपेली उपाधि जित्न चाहन्थे । त्यसैले त लिगको एक खेल नै उनले छाडे, च्याम्पियन्स लिगमा सबै खेल्न । उनले यस्तो गरेको पनि यो पहिलोपल्ट थियो । उनी आफ्नो शक्तिसंचय गर्न चाहन्थे, ताकि त्यसले उनको खेल राम्रो होस्, आफ्नो खेलले टिमलाई राम्रो होस् । तर मेसीले सोचे जस्तो भएन । यो हारपछि बार्सिलोनाका लागि यो सिजन सकिएजस्तै भएको छ । टिमले लिग जितिसकेको नै छ ।


अब कोपा डे रे जित्नु भनेको खाली सान्त्वना जितमात्र हुनेछ । नो क्याम्पमा खेल जित्दा पनि बार्सिलोनाकै खेलाडीले एनफिल्डमा गाह्रो हुनसक्ने बताएका थिए । उनीहरूलाई पनि लागेको थियो, एनफिल्डमा खेल्नु अगाडि खेल मध्यान्तरमै पुगेको हो । नभन्दै सातौं मिनेटमा डिभोक ओरिगीले लिभरपुललाई अग्रता दिलाए । यो यस्तो गोल थियो, जुन टिमका दोस्रो रोजाइका फरवार्डले बुनेको थियो । त्यसयता जर्जिनियो विज्नाल्डमले दुई गोल थपे ।


चौथो गोल पनि ओरिगीकै नाममा रह्यो । यो खुबै चलाखीपूर्ण थियो कर्नरबाट सम्भव । खेल सकिएलगत्तै मेसीले मैदान छाड्न हतार गरिहाले, पछाडि फर्केर हेर्ने आवश्यकता नै ठानेनन् । बार्सिलोनाका केही सहायक प्रशिक्षकले उनलाई सान्त्वना दिन खोजे । मेसीलाई पनि साँच्चै विश्वास भइरहेको थिएन, खेलको नतिजा कसरी आफूबाट लिभरपुलतिर मोडियो भनेर । उनले मैदान छाड्दै गर्दा टाउकोमा हात हाले । यो संकेत हो, खेलमा कहिलेकाहीं यस्तो नतिजा पनि हुन्छ, जसमा चित खानुबाहेक अर्को विकल्प हुन्न ।


(न्युयोर्क टाइम्स)

प्रकाशित : वैशाख २६, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?