२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लिभरपुलले रच्यो इतिहास

एएफपी

लिभरपुल — लिभरपुलले युरोपेली च्याम्पियन्स लिग इतिहासमा मंगलबार राति अप्रत्यासित पुर्नआगमनको इतिहास रचेर फाइनल यात्रा तय गरेको छ । डिभोक ओरिजी र जियोरजिनियो वाइनाल्डमले २-२ गोल गरेपछि लिभरपुलले सेमिफाइनल दोस्रो लेगमा बार्सिलोनालाई ४–० ले हरायो ।

लिभरपुलले रच्यो इतिहास

यो जितपछि लिभरपुललाई समग्रमा ४–३ को निर्णायक अग्रता प्राप्त भएको छ ।


यस्तै लिभरपुल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको फाइनल पनि पुगेको छ । टिमका दुई प्रमुख खेलाडी मोहम्मद सलाह र रोबर्टो फिरमिनोलाई चोटका कारण गुमाएको लिभरपुलसामु तीन गोलले पछाडि रहेको स्थिति उल्टाउने कठिन चुनौती थियो ।


लिभरपुलका लागि ओरिजी र सब्स्टिच्युट वाइनाल्डम नायक सावित भए । बार्सिलोनाले भने तीन गोलको अग्रतालाई रक्षा गर्न सकेन् । गत वर्षपछि क्वाटरफाइनलमा उसले रोमाविरुद्ध ४–१ को अग्रता गुमाएको थियो ।


प्रकाशित : वैशाख २५, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?