कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

एपीएफद्वारा स्वर्ण रक्षा

बाँके — नेपाल पुलिस क्लबलाई ३७ रनले हराउदै एपीएफले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण रक्षा गरेको छ । दुई वर्षअघि भएको सातौं संस्करणमा पनि एपीएफ च्याम्पियन बनेको थियो । एपीएफलाई उपाधि दिलाउन कमलसिंह ऐरीले शानदार प्रदर्शन गरे ।

बाँकेको कोहलपुर क्रिकेट मैदानमा बुधबार सम्पन्न फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनायो । ओपनर अनिल साहले ३० बलमा ४ चौकाको सहयोगमा ३१ रन बनाए । शंकर रानाले ४० बलमा ३ चौका र १ छक्काको सहयोगमा २३ रनको योगदान गरे ।


भुवन कार्की ११ र कमल सिंह ऐरी ८ रनमा अविजित रहे । वलिङमा पुलिसका ललितनारायण राजवंशीले ३ र सागर ढकालले २ विकेट लिए ।


पुलिसले २० ओभरमा ९ विकेट गुमाएर ७३ रनमात्र जोड्न सक्यो । पुलिसका लागि कप्तान मन्जित श्रेष्ठले अविजित २९ रन बनाउनुबाहेक अन्यले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । ओपनर सुनील धमला १५ र आरिफ शेखले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकको रन छुनै सकेनन् ।


पुलिसको इनिङ्स ध्वस्त पार्न एपीएफका कमलसिंह ऐरीले ४ ओभरमा २ मेडनसहित मात्र ४ रन खर्चेर ३ विकेट लिए । उनले पुलिसका कुशल भुर्तेल, अमित श्रेष्ठ र सागर ढकाललाई आउट गरेका थिए । कप्तान वसन्त रेग्मी र शरद भेषावकरले पनि २/२ विकेट लिए ।

प्रकाशित : वैशाख १२, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?