वाट्सनले जिताए चेन्नाइलाई, दिल्लीलाई उछिन्दै चेन्नाइ शीर्षस्थानमा

एजेन्सी

चेन्नाइ — सेन वाट्सनको आक्रामक ९६ रनको मद्दतले चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा मंगलबार राति सनराइज हैदरावादलाई ६ विकेटले हरायो । 

चेन्नाइको जित १ बल बाँकी रहेको बेला पूरा भएको हो । उसले ४ विकेटमा १ सय ७६ रन बनायो । यसअघि हैदरावादले ३ विकेटमा १ सय ७५ रन जोडेको थियो ।

जितपछि चेन्नाइ १६ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

प्रकाशित : वैशाख ११, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

तेस्रोमा टोटनहम बलियो

एजेन्सी

लन्डन — टोटनहमले इंग्लिस प्रिमियर लिगमा मंगलबार राति ब्राइटनलाई १-० ले हरायो र तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ । यो जितपछि टोटनहमको ७० अंक भएको छ । 

तस्बिर : रोयटर्स

यो चौथोमा रहेको चेल्सीमाथि ३ अंकको अग्रता हो । टोटनहमका लागि एक मात्र गोल क्रिस्टियन एरिक्सनले ८८ औं मिनेटमा गरे ।हारले ब्राइनटनको रेलिगेसन तनाव अझ बढेको छ ।

मंगलबार रातिकै अर्को खेलमा वाटफोर्ड र साउथह्याम्पटनले १–१ को बराबरी खेले ।

प्रकाशित : वैशाख ११, २०७६ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्