१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आठौं राष्ट्रिय खेलकुद : महिला फुटबलको फाइनलमा आर्मी

दुर्गालाल केसी

दाङ — आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । मंगलबार बेलझुण्डी रंगशालामा भएको खेलमा प्रदेश ३ लाई शुन्यका विरुद्ध ६ गोलले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो ।

आठौं राष्ट्रिय खेलकुद : महिला फुटबलको फाइनलमा आर्मी

खेलमा आर्मीका शर्मिला थापा र कृष्णा खत्रीले २/२ गोल गरेका थिए । जर्सी नम्बर ९ की थापाले पहिलो हाफको ३७ र ४० औं मिनेटमा लगातार गोल गरेकी थिइन् । जर्सी नम्बर १० की खत्रीले दोस्रो हाफको १५ र २२ औं मिनेटमा लगातार गोल गरेकी थिइन् ।


जर्सी नम्बर १५ की बिमला चौधरीले पहिलो हाफको १० औं र जर्सी नम्बर २३ की इन्दिरा राईले दोस्रो हाफको ३५ औं मिनेटमा गोल गरेकी थिइन् ।



प्रकाशित : वैशाख १०, २०७६ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?