कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जिम्न्यास्टिकमा राजुलाई पाँच स्वर्ण

बाँके — राष्ट्रिय जिम्न्यास्टिकमा एपीएफका राजु राईले लगातार दोस्रो राष्ट्रिय खेलकुदमा आफूलाई प्रमाणित गरे । यसपटक उनले ५ स्वर्ण र एक रजत जिते । पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा राजुले ७ स्वर्ण जितेका थिए ।

जिम्न्यास्टिकमा राजुलाई पाँच स्वर्ण

कारकाँडोस्थित जुडो हलमा राजुले पुरुष फ्लोरमा ७.७५ अंक जोडै स्वर्ण जिते । एपीएफका दिनेश सुनुवार दोस्रो तथा प्रदेश ३ का उज्ज्वल तिवारी तेस्रो भए । भल्टिङ टेबलमा राजुले रजतमा चित्त बुझाउदा प्रदेश ३ का उज्ज्वल तिवारीले ७.२५ अंक जोडदै स्वर्ण हात पारे । प्रदेश ३ कै त्रिदेव गिरी तेस्रो बने ।


प्यारलल् बारमा राजु ७.४ अंकसाथ शीर्ष स्थानमा रहे । प्रदेश ३ का सत्यनारायण मानन्धर दोश्रो तथा प्रदेश ७ का जितेन्द्र चौधरी तेस्रो भए । पोमेल हर्समा पहिलो भएका राजुले ५.९० अंक जोडे । एपीएफकै रिकेश तामाङ दोस्रो तथा प्रदेश ३ का त्रिदेव गिरी तेस्रो भए । अलराउन्डमा पहिलो स्थान हात पारेका राजुले २६.९० अंक प्राप्त गरे ।


प्रदेश ३ का सत्यनारायण मानन्धर दोस्रो तथा एपीएफका विष्णु बाटा तेस्रो भए । राजुले थप एक स्वर्ण टिम इभेन्टमा जिते । राजुसहितको रिकेश तामाङ, रमेश श्रेष्ठ, श्रीकृष्ण खरबुजा, दिनेश सुनुवार र विष्णु बाटाको टोलीले ११०.६० अंक जोड्दै स्वर्ण जितेको हो । प्रदेश ३ दोस्रो तथा प्रदेश ७ तेस्रो भए ।


महिलाको टिम इभेन्टमा प्रदेश ३ ले स्वर्ण हात पार्‍यो । प्रदेश ३ का तारा सिवाकोटी, जेनिसा थापा, प्रकृति थापा मगर, रिजु रञ्जित, सौभाग्य कोजु र सविक्षा सुवालको टोलीले ४८.५७५ अंक जोडे । एपीएफ दोस्रो तथा प्रदेश ७ र प्रदेश ५ तेस्रो भए । एपीएफकी पिंकी झाङले दोहोरो स्वर्ण चुमिन् । पिंकीले महिला भल्टिङमा ७.७० अंक जोडिन् ।


प्रदेश ३ की तारा सिवाकोटी दोश्रो तथा आर्मीकी विदिशा न्यौपाने तेश्रो भए । पिंकीले फ्लोर स्पर्धामा अर्को स्वर्ण चुमिन् । प्रदेश ३ की तारा सिवाकोटी र आर्मीकी विदिशा न्यौपाने तेश्रो भए । महिला अलराउन्डमा प्रदेश ३ की तारा सिवाकोटी पहिलो भइन् । ताराले १६.९५ अंक हासिल गरिन् । एपीएफकी लुमिला मानन्धर दोस्रो तथा प्रदेश ३ की प्रकृति थापामगर तेस्रो भए । पुरुषको १९ औं तथा महिलाको ७ औं राष्ट्रिय प्रतियोगिता हो ।

प्रकाशित : वैशाख १०, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?