कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

एथलेटिक्समा आर्मी टिम च्याम्पियन

कृष्ण र राजपुरालाई म्याराथन स्वर्ण
ध्रुव तुलाधर

दाङ — कृष्ण बस्नेतको म्याराथनसँगै २१ स्वर्ण त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुदको एथलेटिक्समा टिम च्याम्पियन भएको छ । बेलझुण्डीस्थित नवर्निमित सिन्थेटिक ट्रयाकमा आर्मीले अन्तिम दिन सोमबार ८ विधामा ६ स्वर्ण पदक जितेको थियो ।

एथलेटिक्समा आर्मी टिम च्याम्पियन

अर्का विभागीय टोली पुलिस र एपीएफले १-१ स्वर्ण पदक जितेका छन् । एपीएफ ८ स्वर्णसहित दोस्रो भयो भने पुलिसको पोल्टामा ३ स्वर्ण थियो । पुलिसका लागि सोमबार राजपुरा पछाईले महिला म्याराथनमा पहिलो स्थान हात पारेकी थिइन् । प्रदेश ३ ले दुई तथा कर्णाली प्रदेश र प्रदेश ५ ले १-१ स्वर्णमा नाम लेखाए । गण्डकीले रजत र कांस्यमा नाम लेखाउदा सुदूरपश्चिम र प्रदेश २ एथलेटिक्समा पदकविहीन भए । प्रदेश १ ले ३ कांस्य जितेको छ ।


सोमबार म्याराथनमा आर्मीले स्वर्ण जित्दा कर्णालीका दुर्गा बुढाले रजत र एपीएफका खिमबहादुर खत्रीले कांस्य जितेका थिए । १४ सहभागीमा ११ जनाले दुरी पार गरेका थिए ।


महिला म्याराथनमा एपीएफकी पुष्पा भण्डारी र सरिता बासीले रजत र कांस्य पदक जिते । यसमा ६ जना सहभागिता हुदा सबैले पूरा गरेका थिए ।


पुरुष ८ सय मिटर दौडको स्वर्ण आर्मीका उमेश मस्र्याङदी मगरले जितेका थिए । उनले १ मिनेट ५७.५५ सेकेन्ड लगाए । आर्मीका टंक कार्कीले रजत र प्रदेश ३ का सुवास थापाले कांस्य जिते । महिला ८०० मिटरको स्वर्ण आर्मीकी तुलसा श्रेष्ठले जितिन् । आर्मीकी तुलसा खत्रीले रजत र प्रदेश ४ की कल्पना श्रेष्ठले कांस्य जितेका थिए ।


महिला ४०० मिटर हर्डल्समा आर्मीकी सरस्वती भट्टराई च्याम्पियन भइन् । उनले स्वर्ण जित्दा आर्मीकी सुनमाया कार्की र एपीएफकी फुलमती रानाले रजत र कांस्य जितेका थिए । सोही इभेन्टको पुरुषतर्फ एपीएफका नीरप्रताप महतोले स्वर्ण जिते ।

यस प्रतियोगिताको उनको तेस्रो स्वर्ण पदक हो । आर्मीका जीवन चौधरी र अशोक कुँवरले रजत र कांस्य जितेका छन् । सोमबारै भएको ४ गुणा १०० मिटर रिलेमा दुवै स्वर्ण आर्मीले जित्यो । पुरुषतर्फ एपीएफ र पुलिस तथा महिलातर्फ प्रदेश ५ र एपीएफले क्रमशः रजत र कांस्य पदक जितेका छन् ।

प्रकाशित : वैशाख ९, २०७६ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?