१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कोहलीको शतकमा बेंगलोरको जित

एजेन्सी

कोलकाता — विराट कोहलीको उत्कृष्ट शतकको मदतले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकता नाइटराइडर्सलाई १० रनले हराएको छ । 

पहिले ब्याटिङ गर्दै ४ विकेटमा २ सय १३ रन बनायो । टिमको खराब प्रदर्शनका कारण लगातार आलोचनाको शिकार भइरहेका विराटले इडेन गार्डेनमा ५८ बलको सामना गरेर ठ्याक्कै सय रन बनाए ।


उनलाई मोइन अलिले पनि राम्रो साथ दिए । इंग्लिस अलराउन्डरले ६६ रन बनाए । जवाफमा कोलकाताले ५ विकेट गुमाएर २ सय ३ रन मात्र बनाउन सक्यो ।


प्रतियोगितामा बेंगलोरको यो दोस्राे जित मात्र हो र ४ अंकमा टिम लिग तालिकाको पुछारमा रहेका छ । कोलकाताको पनि स्थिति पनि खराब भएको छ र टिम पुछारबाट तेस्रोमा छ ।

प्रकाशित : वैशाख ७, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?