कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

महिला फुटबल प्रतियोगिता :  एपीएफ र त्रिभुवन आर्मी निरन्तर विजयी यात्रामा

काठमाडौँ — नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले कपिलवस्तुको जीतपुर स्थित बुद्ध रंगशालामा जारी महिला फुटबल प्रतियोगितामा विजयी यात्रालाई निरन्तरता दिएका छन् । 

एपिएफले शुक्रबार गण्डकी प्रदेशलाई ११-० ले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । एपिएफकी सावित्रा भण्डारी र अनिता केसीले ह्याट्रिक गरे । अनिता बस्नेतले एपीएफबाट चौथो मिनेटमा पहिलो गोल गरिन् । दोस्रो गोल सावित्राले चौधौं मिनेटमा गरिन् । उनले २६ औं र ३३ औं मिनेटमा गोल गरी ह्याटि्रक गरिन् । गण्डकीलाई निरन्तर दबाबमा राखेको एपिएफले ३६ औं मिनेट अर्को गोल गर्दा पहिलो हाफमा ४ शुन्यमा सकियो ।


दोस्रो हाफको चौथो मिनेटमै अनिताले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गोल गरिन् । गण्डकीलाइ एकपटक पनि राम्ररी आफ्नो पोष्टमा बल प्रहारको मौका नदिएको एपिएफले गोल गर्ने क्रम रोकेन् । ५३ औं मिनेटमा रेनुका नगरकोटीले गोल थपिन् । ५७ औं मिनेटमा अनु लामाले गोल गरिन् । अनिता केसीले ७७ औं मिनेटमा गोल गरी ह्याटि्रक पुरा गरिन् । अन्तिम मिनेटमा गीता रानामगरले गोल गरिन् ।


आर्मीले प्रदेश १ लाई ८-० गोलले पराजित गर्‍यो । पहिलो हाफमा आर्मीले दुई गोलमात्र गरेको थियो । पाचौं मिनेटमा कृष्णा खत्रीले पहिलो गोल गरी आर्मीलाई अग्रता दिलाइन् । १५ औं मिनेटमा विमला चौधरीले दोस्रो गोल गरिन् । ५६ औं र ७४ औं मिनेटमा सपना लामाले दुई गोल गरिन् । इन्दिरा राईले ६० औं मिनेटमा र कृष्णाले ७३, ८० र ९० औं मिनेटमा गरिन् । कप्तान कृष्णाले ४ गोल गर्दै प्लेयर अफ द म्याच भइन् । प्रदेश १ ले २/३ वटा प्रहार पोष्टमा गरेपनि गोलको खाता खोल्न सकेन् । प्रदेश१ की गोलरक्षक वितिसा राजवंशीको उत्कृष्ट प्रदर्शनका कारण थप गोल हुनबाट रोकिएको थियो । उनको खेलको धेरै दर्शकले प्रशंसा गरे ।


प्रकाशित : वैशाख ६, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?