कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आठौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा प्रदेश २ कै अग्रता

दुर्गालाल केसी

दाङ — आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत घोराहीमा भैरहेको महिला फुटबलमा बिहीबार पनि प्रदेश २ विजयी भएको छ ।

आठौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा प्रदेश २ कै अग्रता

घोराहीको भरतपुर मैदानमा भएको बिहानको खेलमा प्रदेश ५ लाई एकका विरुद्ध तीन गोल पराजित गर्दै प्रदेश २ विजयी भएको हो । खेलको पहिलो हाफमा प्रदेश २ की जर्सी नम्बर ११ की रजनी थोकरले ३५ औं मिनेटमा गोल गरेकी थिइन् ।


यसैगरी दोस्रो हाफमा प्रदेश २ की जर्सी नम्बर ७ की दिलकुमारी राना मगरले २८ औं मिनेटमा गोल गरेकी थिइन् । जर्सी नम्बर ५ की सजनी थोकरले ४१ औं मिनेटमा गोल गरेर प्रदेश २ लाई विजयी बनाएकी थिइन् ।


प्रदेश ५ की जर्सी नम्बर १० की ममता पुन मगरले दोस्रो हाफको २५ औं मिनेटमा एक गोल गरेकी थिइन् । दोस्रो खेल अपरान्ह प्रदेश नं. ३ र ७ बीच हुने भएको छ । बुधबारको उद्धघाटन खेलमा पनि प्रदेश २ ले सुदूरपश्चिमलाई शुन्यका विरुद्ध ४ गोल गर्दै विजय हासिल गरेको थियो ।


प्रकाशित : वैशाख ५, २०७६ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?