कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बीबीसी कप बैशाख २० देखि

काठमाडौँ — बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा बीबीसी कप नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता बैशाख २० गतेबाट आयोजना हुने भएको छ । 

बीबीसी कप बैशाख २० देखि

काभ्रेमा फुटबललाई अझै लोकप्रिय र स्थानिय खेलाडी उत्पादन गर्ने लक्ष्यान प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष महेश कर्माचार्यले पत्रकार सम्मेलनमा जानकारी गराए ।


नकआउटका आधारमा हुने प्रतियोगितामा बढीमा ३२ क्लबको सहभागिता रहने जनाइएको छ ।


प्रतियोगिता बनेपा बहु प्राविधिक शिक्षालय बनेपाको मैदानमा बैशाख २० गतेबाट जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।


काभ्रे जिल्लाको फुटबल विकास र राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले बीबीसी २०६७ सालमा स्थापना भएको थियो स्थापना कालदेखि नै सहिद स्मारक ‘सी’ डिभिजन लिगको छनोट खेलेपनि बीबीसी छनोट हुन सकेको छैन । तर, क्लबबाट उत्पादित खेलाडीले राष्ट्रिय टोलीको ढोका उघारिसकेका छन् ।


प्रतियोगिताको विजेताले २ लाख तथा दोस्रो हुनेले १ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वात्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, फरवार्ड, सर्वाधक गोलकर्ता र प्रशिक्षकले जनही ५ हजार पाउनेछन् । अनुशाषित टोलीले १० हजार रुपैया तथा हरेक खेलको म्यान अफ दि म्याचले जनही २ हजार पाउनेछन् ।

प्रकाशित : वैशाख ३, २०७६ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?