३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि एकपक्षीय जित

काठमाडौँ — नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई सजिलै ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै पछ्यायो । नेपालले १३ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाउँदै खेल जित्यो । 

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि एकपक्षीय जित

नेपालका लागि रित गौत्तम ३९ रन बनाएर नटआउट रहे भने आरिफ सेखले २६ रन जोडे ।


पहिले ब्याटिङ गरेको मलेसियाले ३३.५ ओभरमा अलआउट हुन अगाडि ९२ रन मात्र बनाउन सक्यो । घरेलु टिमका लागि ड्यानिएल फिग्रीले सर्वाधिक ३७ रन बनाए । अरू ब्याट्सम्यानले खासै गतिलो योगदान दिन सकेनन् ।

नेपाली बलरमध्ये पवन सर्राफ र कुशल मल्लले तीन-तीन विकेट लिए । सर्राफले कसिलो बलिङ गर्दै ८.५ ओभरमा १३ रन मात्र दिए । कुशलको ८ ओभरमा २० रन निस्क्यो ।

प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । नेपाल पछिल्लो खेलमा भने यूएईसँग पराजित रहेको थियो । वर्षाले प्रभावित खेलमा नेपाल दुर्भाग्यपूर्ण रूपमा डकवर्थ लुइस नियमले पराजित भएको थियो ।

प्रकाशित : वैशाख २, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?