कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पुलिसलाई उपाधि

रमेशकुमार पौडेल

चितवन — रत्ननगर बैरियामा आयोजित प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार भएको फाइनल खेलमा पुलिसले नेपाली सेनाका भलिबल टोलीलाई १-३ को सेटमा पराजित गर्दै विजयी भएको हो । 

विजयी टिमले तीन लाख रुपैयाँ र उपविजेताले डेढ लाख रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरे । पञ्चरत्न युवा क्लबले आयोजनामा गरेको उक्त प्रतियोगितामा भारत तमिलनाडुको साउदर्न रेल्बे, बंगलादेशको टिटास क्लबसहित सात भलिबल टिमले प्रतिस्पर्धा गरेका थिए ।


आइतबारबाट सुरु भएको प्रतियोगितामा आयोजक टिम, प्रदेश-३ को भलिबल टिम, सशस्त्र प्रहरीको एपिएफ र नेपाली सेनाको टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित : चैत्र २८, २०७५ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?