१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हाजार्डलाई रोक्न कठिन

एएफपी

लन्डन — चेल्सी व्यवस्थापक माउरिसियो सारीले इडेन हाजार्डलाई रियल म्याड्रिड जानबाट रोक्न कठिन हुने मंगलबार स्विकारेका छन् । उनले बेल्जियमका कप्तान हाजार्डका लागि १३ करोड डलरको मूल्य पनि निकै सस्तो हुने बताए । हाजार्ड अहिले उत्कृष्ट लयमा छन् ।

हाजार्डलाई रोक्न कठिन

उनकै दुई गोल मदतले चेल्सीले वेस्ट ह्यामलाई २–० ले हराएको छ । यस जितपछि चेल्सी प्रिमियर लिगतालिकाको तेस्रो स्थानमा पनि उक्लेको छ ।


सारीले हाजार्डले वेस्ट ह्यामविरुद्ध गरेको पहिलो गोल निकै विशेष रहेको पनि माने । हाजार्डले वेस्ट ह्यामको मध्यभागबाट बल नियन्त्रणमा लिँदै प्रतिद्वन्द्वी तीन डिफेन्डरलाई छलाएर उत्कृष्ट गोल गरेका थिए । चेल्सी र हाजार्डबीच एक वर्षको मात्र अनुबन्ध बाँकी छ । उनले क्लबसँग नयाँ अनुबन्ध गर्न मानिरहेका छैनन् । चेल्सीले यस सिजन उनलाई बेच्न चाहेन भने सन् २०२० को ट्रान्सफर–विन्डोमा उनी निःशुल्क उपलब्ध हुनेछन् ।


‘फुटबल बजारमा हाजार्डका लागि १३ करोड डलरको मूल्य निकै कम हो । चेल्सी पक्कै पनि उनलाई बेच्न चाहँदैन । हामीले खेलाडीको इच्छालाई सम्मान गर्नैपर्छ । उनी अहिले अनुबन्धको अन्तिम वर्षमा छन् । उनको इच्छा नयाँ इच्छा बटुल्ने हो भने त्यसका लागि हामीले आफ्नो मन ठूलो बनाउनुपर्छ । हामी सकेसम्म उनलाई मनाउने प्रयास गर्नेछौं, तर यो पक्कै सजिलो भने हुने छैन,’ इटालीका व्यवस्थापक सारीले भने ।


फिफाले चेल्सीमाथि नयाँ खेलाडी किन्नबाट एकवर्षे प्रतिबन्ध लगाएको हुनाले चेल्सीका लागि हाजार्ड अरू क्लबमा जानु निकै महँगो साबित हुन सक्नेछ । हाजार्डबिनाको चेल्सीबारे सोधिएको प्रश्नमा सारीले भने, ‘कम्तीमा अहिले तत्काल यसबारे सोच्न सकिन्न । उनी निकै स्तरीय खेलाडी हुन् ।’ जितपछि भने चेल्सीले तेस्रो स्थानमा टोटेनहममाथि २ अंकको अग्रता खोलेको छ । उसलाई पाँचौं स्थानको आर्सनलमाथि ३ अंकको अग्रता प्राप्त छ ।


त्यस खेलपछि हाजार्डले भने, ‘अहिले तत्काल म यो सिजन चेल्सीका लागि केन्द्रित छु । मेरो उद्देश्य क्लबलाई शीर्ष चारभित्र राख्न प्रयास गर्ने हो । हामीले यसका लागि अझै मिहिनेत भने गर्नुपर्नेछ ।’ चेल्सीले सिजनको आफ्नो अन्तिम ५ खेलमध्ये २ मा लिभरपुल र म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

प्रकाशित : चैत्र २७, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?