कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुदूरपश्चिम प्रदेश र प्रदेश ५  यू-१६ क्रिकेटमा विजयी 

काठमाडौँ — सुदूरपश्चिम प्रदेश र प्रदेश ५ ले यू-१६ राष्ट्रिय स्कुल क्रिकेटअन्तर्गत शुक्रबार जित हासिल गरेका छन् । सुदूरपश्चिमले प्रदेश २ लाई ५ विकेटले हरायो भने प्रदेश ५ ले गण्डकी प्रदेशमाथि ८ विकेटको जिते पायो ।  

टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ३० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । प्रशान्त सिंहले ६० बलमा ६ चौका र १ छक्कासहित नटआउट ६० रन बटुले । पर्शुराम यादवले ४ चौकासहित ५० रन जोडे । प्रदेश ७ का नरेन साउद ३, सुनील लोथ्याल २ र राहुल भण्डारी १ रनमा आउट भए ।


जवाफमा सुदूरपश्चिमले २७ औं ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । सुवास ऐरले ६९ बलमा १० चौका र २ छक्कासहित ८० रनको योगदान दिएपछि सुदूरपश्चिमको जित आधार बन्यो । रहिल भण्डारीले २७ र सुनील चन्दले १६ रन जोडे । प्रदेश २ का प्रशान्त सिंहले २ तथा विशाल पटेल, निखिल सिंह र रोहित क्षेत्रीले १-१ विकेट लिए ।


दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको गण्डकीले २८.५ ओभरमा अलआउट हुनुअघि ९० रन जोड्यो । ओपनर अर्जुन कुमालले २३, आदित्य थापा २१ र शरद तिवारीले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । प्रदेश ५ का अभिषेक गौतमले ५ विकेट लिए । विशालविक्रम केसी र सुरज खडाले २-२, रमेश कुर्मीले १ विकेट हात पारे ।


जवाफमा प्रदेश ५ ले १५ औं ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । ओपनर सुशान्त थापाले ४२ बलमा नटआउट ४३ रन जोडे । उनले ७ चौका प्रहार गरे । दिवश सेन्चुरीले २२ र अमर मिश्राले १८ रनको योगदान दिए । गण्डकीका नितेश गिरी र आदित्य थापाले १-१ विकेट लिए । हारसँगै प्रदेश ४ प्रतियोगिताबाट बाहिरिएको छ ।


शनिबार मुलपानी क्रिकेट मैदानमा हुने खेलमा प्रदेश ७ र प्रदेश १ तथा प्रदेश ६ र प्रदेश ३ ले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : चैत्र २२, २०७५ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?