१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हैदरावादले हरायो राजस्थानलाई

एजेन्सी

हैदरवाद — डेविड वार्नरले उत्कृष्ट अर्धशतक बनाएपछि सनराइज हैदरावादले शुक्रबार राति इन्डियन प्रिमियर लिग २०१९ मा राजस्थान रोयल्सलाई ५ विकेटले हराएको छ । 

राजीव गान्धी रंगशालामा भएको खेलमा सन्जु सिमसनले सिजनको पहिलो शतक बनाए, तर उनको राजस्थानले १ सय ९८ रनको स्कोरलाई रक्षा भने गर्न सकेन् ।


सिमसनले १ सय २ रन बनाएर नटआउट रहे र उनलाई कप्तान अजिन्के रहानले ७० रन बनाएर बलियो साथ दिए । तर हैदरावादका लागि डेविड वार्नर र जोनी बियरस्टोले पहिलो विकेटका लागि १ सय १० रन बनाएर जितको आधार तया पारे ।


यो ९–४ ओभरमा सम्भव भएको थियो । यसपछि हैदरावादले जितका लागि खासै मिहिनेत गर्नु परेन् ।

प्रकाशित : चैत्र १६, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?