नेपालको सुरुआती ११ सार्वजनिक

कुशल तिमल्सिना

कतार — एएफसी यू २३ च्याम्पियनसिप छनोटमा समूहको तेस्रो तथा अन्तिम खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले एक खेलाडी परिवर्तन गरी सुरुआती ११ छनोट गरेका छन् ।

नेपालको सुरुआती ११ सार्वजनिक

यसअघिका दुवै खेलमा पराजित भएपछि थाइल्याण्डमा आगामी जनवरीमा हुने फाइनल प्रतियोगिताबाट बन्चित भइसकेको नेपाल र अफगानिस्तानका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हो ।


नेपालले पहिलो खेलमा ओमानसँग १-० र दोस्रो खेलमा कतारसाग ५-० को फराकिलो हार ब्यहोरेको थियो । अफगानिस्तान पनि पहिलो खेलमा कतारसँग २-० र दोस्रो खेलमा ओमानसँग २-१ गोलले पराजित भएको थियो ।


बलिया प्रतिद्वन्दीविरुद्धको यसअघिका दुई खेलमा रक्षात्मक देखिएको नेपाल आजको खेलमा आक्रामक रणनीति लिनेछ । नेपालले ४-४-२ को फर्मेसनमा खेल्ने प्रशिक्षक महर्जनले जानकारी दिए । यसअघिका दुई खेल नेपालले ४-१-४-१ को फर्मेसनमा खेलेको थियो ।


आजको खेलका लागि नेपाली टोलीको मिडफिल्डमा एक परिवर्तन गरिएको छ । गौरव बुढाथोकीको स्थानमा विश्वास श्रेष्ठ सुरुआती टोलीमा परेका छन् । यसअघिका दुवै खेलमा विश्वास सब्सिच्युडका रुपमा मैदान प्रवेश गरेका थिए ।


अफगानिस्तानविरुद्ध खेल्ने नेपाली टोलीमा


गोलरक्षकः अर्पण कार्की

डिफेण्डरः अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी र कमल श्रेष्ठ

मिडफिल्डरः तेज तामाङ, नितिन थापा, सुनील बल र विश्वास श्रेष्ठ

स्ट्राइकरः बिमल घर्तीमगर र अन्जन विष्ट

प्रकाशित : चैत्र १२, २०७५ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?