कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भारतलाई पाँचौंपटक साफ वुमेन्स च्याम्पियनसिपको उपाधि

विराटनगर — नेपाली महिला टिम अन्तर्राष्ट्रिय फुटबलको ३३ वर्षे यात्रामा फेरि एकपल्ट उपाधि नजिक पुगेर रोकिएको छ । नेपालको पहिलोपल्ट च्याम्पियन बन्ने सपनालाई सहिद मैदानमा शुक्रबार पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा आएर भारतले तुहाइदियो ।

भारतलाई पाँचौंपटक साफ वुमेन्स च्याम्पियनसिपको उपाधि

पहिलो हाफमा नेपालले दबाबमा राखेको भारतले दोस्रो हाफमा लय समात्दै ३-१ को जितसहित लगातार पाँचौंपल्ट दक्षिण एसियाली महिला फुटबलको सर्वोच्च प्रतियोगिताको उपाधि कब्जा गर्‍यो ।


पहिलोपल्ट घरेलु भूमिमा प्रतियोगिता खेल्ने अवसर पाएको नेपालले उपविजेताको छवि पाँचौं साफमा आएर बदल्ने अपेक्षा गरिएको थियो । सुरुका तीन खेलमा सुधारिएको प्रदर्शन पनि गर्‍यो । तर फाइनलमा आएर फेरि कथा दोहोरियो । नेपाली महिला टिमले फाइनलमा हार बेहोरेको यो सातौंपल्ट हो । यो भारतविरुद्ध उपाधि होडमा छैटौं हार हो । नेपालको दुईपल्ट दक्षिण एसियाली खेलकुद -साग २०१०, २०१६), चारपल्ट साफ वुमेन्स च्याम्पियनसिप -२०१०, २०१२, २०१४, २०१६) को उपाधि होडमा भारत बाधक बन्यो । हिरो वुमेन्स गोल्डकप २०१९ को फाइनलमा नेपाललाई म्यानमारले सिकार बनाएको थियो ।


सन् १९८६ मा हङकङमा भएको एएफसी एसियन कपदेखि अन्तर्राष्ट्रिय फुटबलको यात्रा थालेको नेपाली महिला टिमले १२ प्रतियोगिता -एसियन कप ३, साफ ५, साग २, हिरो गोल्डकप १, ओलम्पिक छनोट १) खेलेको छ । ओलम्पिक छनोटमा दोस्रो चरण प्रवेश गरेको नेपालले त्यसमा फेरि भारत रहेकै समूहमा अपि्रल, २०१९ मा प्रतिस्पर्धा गर्दै छ ।


गत महिना भुवनेश्वरमा भएको हिरो गोल्डकपको समूह चरणमा नेपालले भारतलाई २-१ ले हराएको थियो । त्यसमा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । उनले यो साफको फाइनलमा पनि एक गोल गरिन् । त्यसले नेपाललाई ऐतिहासिक उपाधि दिलाउन सकेन । भुवनेश्वरको सफलता भारतविरुद्ध दसौं खेलमा आएर बल्ल नेपालको हात पारेको पहिलो जित थियो । त्यसलाई नेपालले विराटनगरमा निरन्तरता दिन सकेन । यी दुईको ११ भेटमा नेपालले एक खेलमात्र जितेको छ । दुई खेल बराबरी थियो । यो साफको फाइनलसहित भारतले ८ खेल जित्यो । हरेक साफमा नेपालको बाधक भारत नै बनेको छ ।


१० हजार दर्शक क्षमताको प्यारापिट खचाखच भरिएको रंगशालामा पहिलो हाफमा नेपाली टिम हाबी भयो । पहिलो आक्रमण भने पाहुना टिमले गर्‍यो । रतनवाला देवीको पासमा सान्धिया रंगनाथानले १२ औं मिनेटमा कठिन कोणबाट प्रहार गरेको बल पोलमा लागेर बाहिरिएको थियो । सावित्राको पासमा मञ्जलीकुमारी योञ्जनले १३ औं मिनेटमा प्रहार गरेको बल सिधै गोलकिपरको हातमा पुगेको थियो । भारतीय विंगर सन्जु यादवले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको बल पनि गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नियन्त्रण गरेकी थिइन् ।


....

पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य लिएको नेपाल डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा भिडिरहेको छ। विराटनगरस्थित सहिद रंगशालामा दोस्रो हाफको खेल चलिरहँदा भारतले अग्रता लिइरहेको छ । ८५ ‍‍औं मिनेटको खेल जारी रहँदा भारत-नेपाल ३-१ गोल अन्तरमा रहेको छ ।


नेपाल र भारत खेलको पहिलो हाफमा १-१ बराबरीमा थिए । तर, दोस्रो हाफमा भारत २ गोल थप्दै अगाडि आएको हो । भारतका तर्फबाट ग्रेस डाङमी, डालिमा चिबर, अञ्जु तामाङले गोल गरेका थिए भने नेपालका तर्फबाट सावित्रा भण्डारीले गोल गरिन् ।

नेपाली महिला टिमका लागि घरेलु भूमिमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । खेलाडीलाई घरेलु मैदान र दर्शकको साथ छ । कप्तान निरु थापाका अनुसार प्राविधिक रूपमा अहिलेको टिम उत्कृष्ट पनि छ । यो साफका तीनै खेलमा गोल गरेकी सावित्रा भण्डारीलाई दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मानिन्छ ।


विंगर अनिता बस्नेत, मिडफिल्डर रेनुका नगरकोटे र डिफेन्डर गीता राना, हिराकुमारी भुजेल उत्कृष्ट लयमा छन् । भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न सजिलो भने हुनेछैन । छिमेकी भारत चिरपरिचित प्रतिद्वन्द्वी हो । नेपालले दक्षिण एसियालीस्तरको प्रतियोगितामा पराजित गर्न हम्मे परेको टिम भारत नै हो ।


नोभम्बर, २०१९ मा यांगुनमा भएको ओलम्पिक छनोटको प्रारम्भिक चरणमा नेपालले भारतविरुद्ध १–१ को बराबरी गरेको थियो । गत महिना हिरो वुमेन्स गोल्डकपको समूह चरणमा भारतलाई उसैको घरेलु मैदान (भुवनेश्वर) मा २–१ ले हरायो । त्यो नै भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसअघि भारतसँग ७ हार र २ बराबरी नतिजा बेहोरेको थियो ।

प्रकाशित : चैत्र ८, २०७५ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?