कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साफ वुमेन्स च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

नेपालले भुटानलाई ३-० ले हरायो
राजु घिसिङ

विराटनगर — साफ वुमेन्स च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले विजयी सुरुआत गरेको छ । विराटनगरको सहिद रंगशालामा मंगलवार अपरान्ह भएको भुटान विरुद्धको खेलमा नेपालले ३-० को जीत हात पारेको हो । 

साफ वुमेन्स च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

सुरुदेखि नै भुटानलाई दबाबमा राखेको नेपालले खेलको १३ औँ मिनेट अग्रता लिएको थियो । मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । त्यसको चार मिनेटमा सावित्री भण्डारीले अग्रतालाई दोब्बर पारिन् । खेलको ५४औँ मिनेटमा निरु थापाले तेस्रो गोल थपिन् ।


नेपालले पटक पटक अवसर पाएपनि गोलमा परिणत गर्न भने सकेन । नेपालले पहिलो खेल जित्दै ३ अंक जोडेको छ । अहिलेसम्म भुटानले नेपाललाई कुनै खेलमा हराउन सकेको छैन । समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित : फाल्गुन २८, २०७५ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?