कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

लिभरपुल तयार

एएफपी

लिभरपुल — योर्गेन क्लोपले ‘मर्सिसाइड डर्बी’ मा एभरटनविरुद्ध गोलरहित बराबरीमा रोकिदै अंक गुमाए पनि प्रिमियर लिगको उपाधि होडमा शीर्षस्थानको म्यानचेस्टर सिटीसँग भिड्न तयार नै भएको बताएका छन् ।

लिभरपुल तयार

लिभरपुलले पछिल्ला ६ खेलमध्ये ४ खेलमा बराबरी गरेको छ । त्यसैले लिभरपुलले यो साता म्यानचेस्टर सिटीभन्दा पछाडि रहेर बिताउनुपर्‍यो । उति नै खेल खेलेको अवस्थामा लिभरपुल तीन महिनायता पहिलोपल्ट पेप ग्वार्डिओलाको डिफेन्डिङ च्याम्पियन टिम सिटीभन्दा पछाडि रहेको हो ।


एभरटनले मर्सिसाइड डर्बीमा जितविहीन यात्रालाई सन् २०१० यता १९ खेलमा पुर्‍यायो । अन्तिम सिठी बजेपछि घरेलु टिमका समर्थकले २९ वर्षयता लिभरपुलको लिग च्याम्पियन बन्ने अभियानलाई धक्का पुर्‍याएको विश्वास गर्दै खुसीयाली मनाएका थिए ।

क्लोपले भने आफ्ना खेलाडीहरू एक आकर्षक उपाधि होडका लागि तयार नै रहेको प्रतिक्रिया दिए ।


‘मेरा खेलाडीहरूलाई सल्लाह दिने केही छैन । उनीहरूलाई सबै थाह छ,’ क्लोपले भने, ‘उनीहरू अब साना केटाहरू होइनन् ।’ उनले थपे, ‘कहिलेकाहीं शीर्षस्थानमा रहँदा मानिसहरू पूरा भइसकेको ठान्छन्, जबकि लिग अन्त्य हुन २० खेल बाँकी रहेको अवस्था नै हुन्छ । अहिले उनीहरू हामीभन्दा एक वा दुई अंक अगाडि छ । यो मार्चको सुरुआत हो, के मतलब ?’


‘म हाम्रो सम्भावनाप्रति शतप्रतिशत विश्वास गर्छु । मलाई थाह छ कि हरेक खेलमा खेलाडीहरू राम्रो भइरहेको महसुस भएको छ । किनभने उनीहरू यसका (उपाधि) लागि तयार भएका छन्,’ क्लोपले भने, ‘पक्कै पनि हामीले गोल गरेनौं । यस्तो हुन्छ । प्रतिद्वन्द्वी, खेल, हावा कठिन थियो र मौसमले पनि फुटबलका लागि साथ दिएन । यो एउटा संघर्षमात्र हो,’ उनले भने, ‘त्यसका लागि हामी तयार थियौं र अब हामीसँग पहिलाभन्दा धेरै अंक छ । सबै राम्रो ।’


युभेन्टस उपाधि नजिक

रोम– युभेन्ट्स दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपोलीमाथि २–१ को जित रच्दै आइतबार सिरी ‘ए’ मा १६ अंकको अग्रता लिएर उपाधितर्फ अग्रसर भएको छ ।


मासिमिलानो एलेग्रीको अपराजित टिम राम्रो खेल्दै लगातार आठौंपल्ट सिरी ‘ए’ को उपाधि जित्ने संघारमा आइपुगेको छ । पहिलो हाफको खेल साह्रै फितलो थियो तर दोस्रो हाफमा दुई गोल गर्दै युभेन्ट्सले जीवन लियो । गोलकर्ता मिरालेम जानिक दोस्रो हाफको सुरुमै दोस्रो पहेँलो कार्ड बेहोर्दै बाहिरिए ।


मिडफिल्डर जानिकले २८ औं मिनेटमा गोल गर्दै घरेलु मैदानमा युभेन्ट्सलाई अग्रता दिलाएका थिए । क्रिस्टियानो रोनाल्डोलाई खतरनाक फाउल गरेका गोलकिपर एलेक्स मेरिटले रातो कार्ड बेहोरेपछि युभेन्ट्सले गोलको खाता खोलेको थियो । इमरे चानले वैकल्पिक गोलकिपर डेविड ओस्पिनालाई पन्छाउँदै कर्नरमा दोस्रो गोल गरेर टुरिन क्लबलाई २–० ले अघि बढाए ।


तर, बोस्नियान जानिकले ४७ औं मिनेटमा मैदान छाड्नुपरेपछि नेपोलीको आशा पलाएको थियो । जोसे कालेजनले ६१ औं मिनेटमा गोल गर्दै अन्तर घटाए पनि नेपोलीले हार टार्न सकेन । उनले लोरेन्जो इन्सिग्नेको क्रस उपयोग गरेका थिए ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?