कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डीपीएल अपडेट : रोमाञ्चक खेलमा महेन्द्रनगरद्वारा रुपन्देही १ रनले पराजित

कान्तिपुर संवाददाता

धनगढी — रुपन्देही च्यालेन्जर्सलाई हराउँदै महेन्द्रनगर युनाइटेड तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

डीपीएल अपडेट : रोमाञ्चक खेलमा महेन्द्रनगरद्वारा रुपन्देही १ रनले पराजित

बिहीबार फाप्ला क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा महेन्द्रनगर युनाइटेड रुपन्देहीलाई १ रनले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।


महेन्द्रनगरले शुक्रबार हुने दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्ने छ । यो खेलमा जित्नेले शनिबार हुने फाइनलमा सीवाइसी अत्तरियाको सामाना गर्ने छ ।


११६ रनको लक्ष्य लिएर आएको रुपन्देहीले ९ विकेटमा ९ विकेट गुमाइ ११४ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा विजयका लागि रुपन्देहीलाई ५ रन चाहिन्थ्यो । अविनाश बोहराले ३ रन मात्रै दिए भने रुपन्देहीको ३ विकेट झरेको थियो । त्यसमा २ विकेट रन आउट थियो ।


रुपन्देहीबाट प्रदीप ऐरीले २० बलमा २८, बाबार हायतले २९ बलमा २८ र विनोद भण्डारीले २१ बलमा २३ रन बनाए । त्यस्तै सन्दीप सुनार १४ र सुमित महर्जन १० रनमा आउट भए ।


बलिङतर्फ महेन्द्रनगरका अविनाशले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । मोहम्मद नाविद, सिद्धान्त लोहनी र सागर ढकालले १/१ विकेट लिए ।


यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सलाई ११६ रनको लक्ष्य दिएको थियो ।


टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११५ रन बनायो ।


महेन्द्रनगरको तर्फबाट कप्तान शरद भेषावकरले सर्वाधिक २९ रन बनाए । यस्तै आनन्द सुब्रमनियन् २०, मोम्हद नाविद १८, आरिफ शेख ११, अमरसिंह राउटेला १९ र अविनाश बोहरा ११ रनमा आउट भए ।


ओपनर ब्याट्सम्यान दीलिप नाथ, सिद्धान्त लोहनी र साहब आलमले कुनै रन जोड्न सकेनन् ।


बलिङतर्फ रुपन्देहीका ललितसिंह भण्डारीले ४ ओभरमा २८ रन खर्चँदै ४ विकेट लिए । पुनित मेहेराले ३ तथा कप्तान बसन्त रेग्मीले २ मेडन राख्दै २ विकेट लिए ।

जारी प्रतियोगिताको लिगमा रुपन्देहीले महेन्द्रनगरलाई २ रनले पराजित गरेको थियो ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?