१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रुपन्देहीसँगको फराकिलो विजयपछि काठमाडौं क्वालिफायर्समा

कान्तिपुर संवाददाता

धनगढी — काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई १ सय रनले पराजित गरी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा ७ अंक बटुल्दै क्वालिफायर्समा पुगेको छ । टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १३३ रन बनाएको थियो ।

रुपन्देहीसँगको फराकिलो विजयपछि काठमाडौं क्वालिफायर्समा

जवाफमा आएको रुपन्देही १५.१ ओभरमा ३३ रनमै अल आउट भयो । नन्दन यादव ३. ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै ललितनारायण राजवंशी र सूर्य तामाङले २/२ तथा अंकित दबास र योगेन्द्रसिंह कार्कीले १/१ विकेट लिए ।


सुमित महर्जनले बनाएको ५ रन नै रुपन्देहीका खेलाडीको व्यक्तिगत उच्च स्कोर थियो । टोलीले ७ रन अतिरक्तबाट पाएको थियो । प्रदीप ऐरी ४ तथा सन्दीप सुनार, बाबर हायत, पुनित मेहेरा र बिक्रम सोब समान ३ रनमा आउट भए ।


विनोद भण्डारीले १ रन मात्रै बनाए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । रुपन्देहीले खेलेको ४ खेलमध्ये तीन खेल जितेको छ । विराटनगर किंग्ससँगको अघिल्लो दिनको खेल वर्षाले रद्द भएको थियो ।

यसअघि काठमाडौंको तर्फबाट अंकित दबासले सर्वाधिक ४३ रन बनाए । गौरव तोमार ८ अनिलकुमार साह २३, कप्तान ज्ञानेन्द्र मल्ल १२, मोहम्मद आलाम ११, योगेन्द्रसिंह कार्की १३ रनमा आउट भए ।

विक्रम भुसालले कुनै रन जोड्न सकेनन् । रसिद खान १४ र नन्दन यादव शुन्य रनमा अविजित रहे ।

रुपन्देहीका ललित भण्डारी, अनिल खरेल र पुनित मेहेराले २/२ विकेट लिए ।

प्रकाशित : फाल्गुन ५, २०७५ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?