१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

डीपीएल : शनिबारका दुवै खेल अवरुद्ध

कान्तिपुर संवाददाता

धनगढी — रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ अन्तर्गत शनिबारका कुनै खेल भएनन् । पश्चिम वायुले बिहीबार अपरान्हदेखि पारेको पानीले फाप्ला क्रिकेट मैदान जलाम्य भएपछि खेल एक बल पनि नफ्याली रद्द भएको हो ।

डीपीएल : शनिबारका दुवै खेल अवरुद्ध

शनिबार पहिलो खेल काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीच र दोस्रो धनगढी स्टार्स र महेन्द्रनगरबीच हुने तालिका थियो । खेल नभएपछि यी चारै टोलीलाई १/१ अंक दिइएको छ । खेल नभएर अंक बाँड्दा दुई पटकको च्याम्पियन धनगढी प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।


काठमाडौं ५ अंकसहित शीर्ष स्थानमा पुगेको छ । विराटनगरको ४ अंक छ । महेन्द्रनगरको चार खेलमा २ र धनगढीको १ अंक रहेको छ । विराटनगर र महेन्द्रनगरले बिहीबार खेल वर्षाका कारण रद्द भएपछि १/१ अंकमा नै चित्त बुझाएका थिए ।

प्रकाशित : फाल्गुन ४, २०७५ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?