१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डीपीएल वर्षाले प्रभावित, काठमाडौं र विराटनगरबीचको खेल रद्द

कान्तिपुर संवाददाता

धनगढी — रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल वर्षाका कारण एक बल पनि नफ्याली रद्द भएको छ ।

डीपीएल वर्षाले प्रभावित, काठमाडौं र विराटनगरबीचको खेल रद्द

धनगढीस्थित फाप्ला क्रिकेट मैदान बिहीबार दिउँसोदेखि परेको पानीले जलमग्न बनेपछि खेल हुने कुनै सम्भावना नै बनेन । दुवै टोलीले १/१ अंक पाएका छन् ।

काठमाडौं ५ अंकसहित शीर्ष स्थानमा पुगेको छ । विराटनगरको ४ अंक छ । विराटनगरले बिहीबार पनि महेन्द्रनगर युनाइटेडसँगको खेल वर्षाका कारण रद्द भएपछि १ अंकमा नै चित्त बुझाएको थियो ।

मैदान भिजेका कारण धनगढी स्टार्स र महेन्द्रनगरबीच शनिबार हुने दोस्रो खेल पनि रद्द हुने सम्भावना बढी छ ।

प्रकाशित : फाल्गुन ४, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?