१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डीपीएल अपडेट : अत्तरियाको लगातार दोस्रो जित

धनगढी — सीवाइसी अत्तरियाले रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ को बिहीबारको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको छ । अत्तरियाको यो लगातार दोस्रो जित हो भने रुपन्देहीको लगातार दोस्रो जितपछिको हार हो ।

डीपीएल अपडेट : अत्तरियाको लगातार दोस्रो जित

टस जितेर ब्याटिङ रोजेको अत्तरियाले फाप्ला क्रिकेट मैदानमा निर्धारित २० ओभर खेलेर ९ विकेट गुमाइ १२१ रन मात्रै बनाउन सक्यो । जवाफी ब्याटिङमा आएको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो ।


रुपन्देहीका सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । प्रदीप ऐरी १४, सन्दीप सुनार १५, विनोद भण्डारी १०, विक्रम सोब १४ रन बनाउँदै आउट भए ।


रुपन्देहीका विदेशी खेलाडीद्वय बाबर हायत र पुनित मेहरा शुन्यमा आउट भए ।


भीम सार्की, बसन्त रेग्मी र ललितसिंह भण्डारीले समान १ रनमा आउट भए ।


बलिङतर्फ अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दीपन्द्रसिंह ऐरी र देवेन्द्र रावतले २/२ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट लिए ।


यसअघि अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले यस प्रतियोगिताको व्यक्तिगत उच्च स्कोर बनाउने क्रममा ६७ रन जोडे ।


५० बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे । उनले ऋत गौतमसाग तेस्रो विकेटमा ५७ रनको साझेदारी गरे । ऋत सहित सुबेन्दु पाण्डे र सन्नी पटेल समान १२ रनमा आउट भए ।


रुपन्देहीका ललितसिंह भण्डारीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै बिक्रम सोबले २ तथा कप्तान बसन्त रेग्मी र पुनित मेहराले १/१ विकेट लिए ।

सीवाइसी अत्तरियाले प्रेम तामाङको स्थानमा ऋत गौतमलाई खेलाएको थियो । रुपन्देहीले पहिलो २ खेल जितेको खेलाडीलाई नै निरन्तरता दिएको थियो ।


प्रकाशित : फाल्गुन २, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?