२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चेल्सीविरुद्ध सिटीको ६ गोल

एएफपी

म्यानचेस्टर — व्यवस्थापक माउरिजियो सारीले म्यानचेस्टर सिटीविरुद्ध आइतबार ६–० ले पराजित भएपछि चेल्सीमा आफ्नो जागिर धरापमा परेको बताएका छन् ।

चेल्सीविरुद्ध सिटीको ६ गोल

सर्जियो अगुइरोले ह्याट्रिक गरेपछि सिटीले लिभरपुललाई उछिन्दै गोलअन्तरका आधारमा फेरि प्रिमियर लिगको शीर्षस्थान हासिल गर्‍यो । अर्कोतर्फ चेल्सी भने छैटौंमा झर्‍यो । यस हारले क्लबमा सारीको भविष्य संकटमा परेको छ ।


‘मलाई थाह छैन यो क्लबलाई नै सौध्नुपर्छ,’ इटालियन प्रशिक्षक सारीले आफूलाई बर्खास्त गर्नसक्ने सम्भावनाबारे सोधिएको प्रश्नको जवाफ दिए । उनी स्टामफोर्ड ब्रिजमा तीनवर्षे सम्झौतासँगै आएको आठ महिनामात्र भएको छ । ‘मेरो टिमबारे चिन्तित छु । प्रदर्शनबारे चिन्तित छु । तर, मेरो जागिर सधैं धरापमै हुन्छ,’ उनले भने ।


पछिल्लो ‘अवे’ खेलमा चेल्सीलाई बर्नमाउथले ४–० ले हराएको थियो । यो सन् १९९६ यताकै सबैभन्दा ठूलो हार पनि हो । रहिम स्टर्लिङले चौथो मिनेटमै गोल गरेपछि खेलमा फर्किन नसकेको चेल्सीको यो सन् १९९१ यता सबै किसिमका प्रतियोगितामा सबैभन्दा खराब हार पनि हो ।


‘चौथो मिनेटमै गोल खानु हाम्रो मूर्खता थियो,’ सारीले भने, ‘त्यस बेला हामी खेलमा पुगेका मात्र थियौं तर खेलमा टिक्न सकेनौं । किनभने हामीले गलत प्रतिद्वन्द्वीसँग धेरै गल्ती गर्‍यौं । उनीहरूले वास्तवमै राम्रो फुटबल खेले ।’


सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले सारीसँग होइन, चेल्सीको वरीयताको खुसी दबाएका थिए । क्याटलन व्यवस्थापक पनि पहिलो सिजन पीडित भएका थिए । तर उनले कीर्तिमान १ सय अंक बनाएर सिटीलाई उपाधिसम्म पुर्‍याउनुअघि क्लबका निर्देशक र पूर्व क्लब बार्सिलोनाका सहकर्मी टिक्की बेगिरिस्तानको सधैं साथ पाइरहे ।


‘मेरो पहिलो सिजन पनि गाह्रो थियो । कहिलेकाहीं हामीले राम्रो खेलेका थियौं तर यस्तो एकरुपता थिएन । मानिसहरू व्यवस्थापक आएपछि, खेलाडी किनेपछि र तत्कालै अपेक्षा गर्छन्,’ पेप ग्वार्डिओलाले भने, ‘यसका लागि समय आवश्यक हुन्छ । म्यानचेस्टर सिटीमा म आउनुको मुख्य कारण क्लब प्रमुख, विशेषत टिक्की नै हुन् । मैले उनलाई विश्वस्त बनाइरहनुपर्दैन । उनले मलाई बुझेका छन् । उनी जितेको बेला मलाई राम्रो र हारेको बेला खराब भनेर विश्वास गर्दैनन् ।’


लिभरपुलले एक खेल कम खेलेको छ । त्यसले उसले त्यसको फाइदा लिएर सिटीलाई फेरि उछिन्न सक्छ । तर, योर्गान क्लोपको टिमले पछिल्लो साता लेस्टर र वेस्टह्यामविरुद्ध बराबरी गरेको थियो । डिफेन्डिङ च्याम्पियन सिटी प्रिमियर लिगको उपाधि दशकयता रक्षा गर्ने पहिलो टिम बन्ने अभियानमा रहेको छ ।


‘मैले महसुस गरिरहेअनुसार अन्तिम खेलबाट छिनोफानो हुनेछ । महत्वपूर्ण कुराचाहिँ त्यहाँको पुग्नका लागि गत सिजनपछि हामीले के गर्‍र्यौं भन्ने हो,’ ग्वार्डिओलालो भने, ‘गत सिजन हामीले जे गर्‍यौं सामान्यतय त्यसबाट मानिसहरू ओर्लने गर्छन् तर हामी त्यही छौं ।’


खेलमा १–० ले अगािड भएको अवस्थामा अगुइरोले सबैभन्दा सहज अवसर उपयोग गर्न नसक्दा ग्वार्डिओला मैदानमै ढलेका थिए । तर, उनी त्यसबाट धेरै चिन्तित हुनुपरेन । अर्जेन्टिनी फरवार्डले २५ यार्डबाट ‘टप कर्नर’ मा सनसनीपूर्ण रूपमा १३ औं मिनेटमा गोल गरे । ‘मैले उनलाई फेरि त्यस्तो नगर भने,’ अगुइरोको गल्तीबारे ग्वार्डिओलाले थपे, ‘तर उनको प्रतिक्रिया केही राम्रो भयो ।’


अगुइरोले ६ मिनेटपछि नै सजिलै गोल गरे ३–० बनाए । इकाय गुन्डोगनले विश्वकै सर्वाधिक महँगा गोलकिपर केपा एरिजाबालागाविरुद्ध चौथो गोल गर्दै २५ औं मिनेटमा चेल्सीको पीडा थपिदिए । अगुइरोले पेनालटीमार्फत् ५६ औं मिनेटमा ह्याट्रिक पूरा गर्दै यो सिजन प्रिमियर लिगमा सर्वाधिक १७ गोल गरेका लिभरपुलका फरवार्ड मोहमद सलाह समान अवस्थामा पुगे ।


सम्मानपूर्वक अगुइरो मैदानबाट बाहिरिएर पनि सिटीले बलियोपनलाई कायमै राख्यो । ग्याब्रियल जेसस, रियाद महारेज र डेविड सिल्भा मैदानमा प्रवेश गरेका थिए । स्टर्लिङले ८० औं मिनेटमा पनि गोल गरे ।

प्रकाशित : माघ २९, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?