कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

डिपीएल अपडेट : रोमाञ्चक खेलमा रुपन्देहीको जित

धनगढी — रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको छ । ११२ रनको विजय लक्ष्य लिएर आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १०९ रन मात्रै बनाउन सक्यो ।

डिपीएल अपडेट : रोमाञ्चक खेलमा रुपन्देहीको जित

टोलीका आनन्द सुब्रमनियन् २५ र रोहित पौडेलले २४ रन बनाए । कप्तान शरद भेषावाकर ४, कुशल मल्ल ९, आरिफ शेख ५ र सिद्धान्त लोहनी ४ रनमा आउट भएका थिए ।


रुपन्देहीका विक्रम सोबले ३ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै पुनित मेहराले २ तथा ललितसिंह भण्डारी, कृष्ण कार्की र बसन्त रेग्मीले १/१ विकेट लिए ।


यसअघि टस जितेर ब्याटिङमा आएको रुपन्देहीको तर्फबाट सर्वाधिक सुमित महर्जनले २७ रन बनाए । यस्तै प्रदीप ऐरी १, सन्दीप सुनार १५, बाबर हायत १४, विनोद भण्डारी १९, पुनित मेहरा ३, भीम सार्की २ रन बनाउँदै आउट भए ।


यस्तै कप्तान बसन्त रेग्मी र ललितसिंह भण्डारी शुन्यमा आउट भए भने कृष्ण कार्कीले ४ रन जोडे । विक्रम सोब १० बलमा १६ रन बनाउँदै अविजित रहे ।


महेन्द्रनगरको बलिङतर्फ सिद्धान्त लोहनीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । सागर ढकाल र अविनाश बोहराले २/२ विकेट लिए । कप्तान शरद भेषावकरले १ विकेट लिए ।

...

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच हुँदै छ । रुपन्देहीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

निर्धारित तालिका अनुसार डीपीएल शनिबार सुरु हुने कार्यक्रम थियो । तर वर्षाका कारण प्रतियोगिता दुई दिनलाई पछाडि धकेलिएपछि सोमबारबाट सुरु भएको हो ।

प्रतियोगिताका सबै खेलहरु फाप्ला मैदानमा हुनेछ । यो प्रस्तावित ड्रिम फाप्ला अन्तर्राष्ट्रिय मैदान हो ।

प्रकाशित : माघ २८, २०७५ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?