कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डीपीएलमा काठमाडौं गोल्डेन्सद्वारा धनगढी स्टार्स पराजित

काठमाडौँ — डीपीएलको तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सले पहिलो जित हात पारेको छ । सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा धनगढी स्टार्स विरुद्धको खेलमा ४ विकेटको जित हात पार्दै जितको सुरुआत गरेको हो।

डीपीएलमा काठमाडौं गोल्डेन्सद्वारा धनगढी स्टार्स पराजित

टस हारेर ब्याटिङ गरेको धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९.५ ओभरमा पुरा गर्‍यो । महबुब आलमले विजयी चौका प्रहार गरे । उनी १२ र विक्रम भुसाल १० बलमा २ छक्का प्रहार गरी १४ रनमा अविजित रहे ।

काठमाडौंका गौरव तोमार २८, अनिल साह २४, अंकिद दबास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्की समान २ रनमा आउट भए ।

धनगढीका रोहन मुस्तफाले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। अमिर हायत र विपिन खत्रीका नाममा १/१ विकेट रह्यो ।

यस्तै टस टस हारेर ब्याटिङमा आएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।धनगढीको तर्फबाट अमित श्रेष्ठ ५०, सन्दीप रजाइली २८, सौरभ खनाल २५ र पवन सर्राफले १९ रन बनाए ।

बलिङ तर्फ नन्दन यादव २, ललित राजवंशी र अंकित दबासले १/१ विकेट लिए ।

...

निर्धारित तालिका अनुसार डीपीएल शनिबार सुरु हुने कार्यक्रम थियो । तर वर्षाका कारण प्रतियोगिता दुई दिनलाई पछाडि धकेलिएपछि सोमबारबाट सुरु भएको हो ।

प्रतियोगिताका सबै खेलहरु फाप्ला मैदानमा हुनेछ । यो प्रस्तावित ड्रिम फाप्ला अन्तर्राष्ट्रिय मैदान हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंमा अनिलकुमार शाह, ललितनारायण राजवंशी, महबुब आलम, सोनु तामाङ, विक्रम भुसाल, गौरव तोमार लगायत खेलाडी छन् । त्यस्तै सोमपाल कामी रणनितिक खेलाडी र कप्तान रहेको धनगढीमा युएईका कप्तान रोहन मुस्ताफासहित अमिर हायत तथा सुनिल धमला, सौरभ खनाल, पवन सर्राफ लगायत खेलाडी छन् ।

प्रकाशित : माघ २८, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?