१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नवयुग र देविका उत्कृष्ट

काँकडभिट्टा — नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडोकी देविका खड्काले वर्षका उत्कृष्ट खेलाडी २०७४ को अवार्ड जितेका छन् ।

नवयुग र देविका उत्कृष्ट

खेलकुद पत्रकार मञ्च झापा समन्वय शाखाले शनिबार बिर्तामोडमा गरेको झापा स्पोर्ट्स अवार्डको दोस्रो संस्करणमा पुरुषतर्फका विजेता नवयुगले मोटरसाइकल र देविकाले स्कुटर प्राप्त गरे ।


उत्कृष्ट पुरुष खेलाडीतर्फ नवयुगसँगै फुटबलका विशाल राई र अनन्त तामाङ मनोनयनमा परेका थिए । तीनै राष्ट्रिय फुटबल टिमका सदस्य हुन् । महिलातर्फ खड्काले कराँतेकी एस्तर राई र फुटबलकी एन्जिला तुम्बापो सुब्बालाई पछि पार्दै अवार्ड जितिन् ।


उत्कृष्ट युवा खेलाडीको अवार्ड एथलेटिक्सका प्रकाश दनुवार (झापा) ले जिते । उनले एथलेटिक्सकै सविता कार्की (ताप्लेजुङ) र फुटबलकी सम्झना लावती (झापा) लाई उछिन्दै सफलता हात पारेका हुन् । वर्षका उत्कृष्ट प्रशिक्षक क्रिकेटका बिरु श्रेष्ठ चुनिए ।


यस विधामा जुडोका गंगा खड्का र बक्सिङका डम्बर लिम्बू मनोनयनमा परेका थिए । पिपुल्स च्वाइस अवार्ड फुटबलका देवेन्द्र तामाङले हात पारे । झापा ११ का यी डिफेन्डरसहित प्रशिक्षक र युवा खेलाडीका विजेताले २५–२५ हजार रुपैयाँ हात पारे ।


सबै विधाका नगद पुरस्कार अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष पंकजविक्रम नेम्वाङले दिवंगत भाइ आशिषविक्रमको स्मृतिमा प्रदान गरेका हुन् ।

प्रकाशित : माघ २८, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?