१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

महिलातर्फ आर्मी च्याम्पियन

काठमाडौँ — त्रिभुवन आर्मी क्लबले वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङको महिलातर्फ ट्रफी जितेको छ । आर्मीले ६ तौल समूहमा तीन स्वर्ण, २ रजत र १ कांस्य पदक जितेको थियो । शुक्रबार वसन्तपुर डबलीमा सम्पन्न फाइनलमा ६४ केजीमुनि तौलमा आर्मीकी पुनम रावलले एपीएफकी सरस्वती रानालाई पराजित गरिन् ।

महिलातर्फ आर्मी च्याम्पियन

५७ केजीमुनि आर्मीकी चन्द्रकला थापाले एपीएफकै सुलभ थापामगरलाई हराइन् । ५४ केजीमुनि आर्मीकी मीनु गुरुङले नेपाल पुलिस क्लबकी निशा तामाङलाई हराएर स्वर्ण जितिन् ।


एपीएफका लागि संगीता सुनार र माला राईले स्वर्ण जिते । संगीताले ६० केजीमुनि तौलमा आर्मीकी सविना श्रेष्ठलाई हराइन् । मालाले ५१ केजीमुनि आर्मीकी विमला श्रेष्ठमाथि सफलता पाइन् । ४८ केजीमुनिको स्वर्ण पुलिसकी दिवाना शेर्माले जितिन् । उनलेआफ्नो विभागका लागि एकमात्र स्वर्ण जित्ने क्रममा प्रदेश ५ की सुशीला थापालाई रोकिन् ।


पुरुषतर्फ शुक्रबार सेमिफाइनल खेलहरू भए । ४९ केजीमा एपीएफका प्रदीप महर्जनले प्रदेश ७ का भानु विष्ट र आर्मीका सुशील थापाले प्रदेश ६ का मोहन गुरुङलाई हराए । आर्मीका प्रेम चौधरीले ५२ केजीमा प्रदेश १ का सुलभराज तुलाधरलाई हराए । एपीएफका विक्रम परियारले पुलिसका चन्द्रबहादुर थापालाई हराउँदै फाइनल पक्का गरे ।


एपीएफका पूरन राई प्रदेश २ का गणेश थापालाई हराउँदै ५६ केजीको फाइनल भिडन्तमा पुगे । प्रदेश ७ का महेन्द्र चन्दलाई हराएका आर्मीका विमल रोकाले पूरनसँग फाइनलमा खेल्नेछन् । ६० केजीमा आर्मीका एकबहादुर घले प्रदेश ५ का गणेश थापामगरबाट वाकओभर पाउँदै फाइनल पुगे । पुलिसका दिनेश श्रेष्ठले एपीएफका प्रकाश लिम्बुलाई हराउँदै एकबहादुरसँग स्वर्ण भिडन्त पक्का गरे ।


पुलिसका भूपेन्द्र थापा र एपीएफका सोनाम सार्कीले ६४ केजीको स्वर्णका लागि खेल्नेछन् । भूपेन्द्रले आर्मीका सुरेश नेपालीलाई हराउँदा सोनामले प्रदेश ६ का इन्द्र सुनारलाई रोके । ६९ केजीमा आर्मीका विष्णुप्रसाद घलेले प्रदेश १ का राजेश गुरुङलाई नकआउट गरे । एपीएफका विकास लामाले प्रदेश ३ का मनीष डंगोललाई हराउँदै स्वर्ण भिडन्त पक्का गरे ।


७५ केजी तौलमा एपीएफका सुमन कार्की र आर्मीका दीपक श्रेष्ठ फाइनल पुगेका छन् । सुमनले प्रदेश २ का दिवश गुरुङलाई हराउँदा दीपकले प्रदेश ३ का दिवेश भूमिलाललाई नकआउट गरे । आर्मीका रवि सुनारले प्रदेश ७ का हिक्मतबहादुर शाहीलाई हराउँदै ८१ केजीको फाइनलमा स्थान बनाए । उनलाई प्रदेश ५ का केशर खत्रीले चुनौती दिनेछन् । केशरले प्रदेश ४ का सुसन पुनलाई नकआउट गरे । फाइनल शनिबार हुनेछ ।


प्रकाशित : माघ २६, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?