कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

शीर्ष वरीयताका खेलाडीको जित

दीपक परियार

लेखनाथ — अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) को आयोजनामा पोखरामा सोमबारदेखि आईटीएफ यू–१८ जुनियर टेनिस च्याम्पियनसिप सुरु भएको छ ।

शीर्ष वरीयताका खेलाडीको जित

पोखरा रंगशालास्थित टेनिस कोर्टमा पुरुषतर्फ फिलिपिन्सका जोसे एन्टोनियो ट्रिया र महिलातर्फ चीनकी ली यु लिउले विजयी भएका छन् । दुवै प्रतियोगिताका शीर्ष वरीयताप्राप्त खेलाडी हुन् ।


जोसे पुरुषतर्फ आईटीएफ र्‍याङकिङमा ४२८ औं स्थानमा छन् । लिउ महिला आईटीएफ र्‍याङकिङको ६०५ औ स्थानमा छिन् । जोसेले भारतका फैज नस्यामलाई ६–२, ६–३ ले हराए । लिउले भारतकी श्रेया चक्रवर्तीविरुद्ध ६–०, ६–३ को सोझो सेटमा विजय पाइन् ।


पुरुषमै हङकङका केल लोक इन ताङले नेपालका प्रणव खनाललाई ६–३, ६–१ ले, भारतका अनुराग अग्रवालले नेपालका आर्यन गिरीलाई ६–३, ६–० ले, भारतका जेराल यासिनले श्रीलंकाका कभिसा रत्नाइकेलाई ६–३, ६–१ ले हराए ।


चीनका चेन लियाङले नेपालका अभिनव आचार्यलाई ६–१, ६–१ ले, जर्मनीका पाउल आर्मिन अल्ब्रेच्टले नेपालका सम्यक वज्राचार्यलाई २–६, ६–२, ६–२ ले, भारतका दीपेन्दर ग्रेवालले मलेसियाका जियान कियोन ताकेसीलाई ६–४, ६–४ ले, चीनका जी छुवान लीले श्रीलंकाका दिलान हेराथलाई ६–२, ६–० ले, भारतका आदित्य वरदान रोयले मलेसियाका हेडन खु मेनन्लाई ६–०, ६–२ ले र जापानका ताकुमी वातानेवले थाइल्यान्डका पोस्वात अकरपनालाई ६–१, ६–४ ले पराजित गरे ।


महिलातर्फ भारतकी श्रृष्टि धीरले नेपालकी इशा श्रीलाई ७–५, १–६, ६–२ ले, चीनकी कुङलिङ जाङले नेपालकी एनी माथेमालाई ६–१, ६–२ ले, दक्षिण कोरियाका जुमिन कोन्सले भारतका लेफिन जमिरलाई रिटायर्ड हर्टमा पराजित गरे । चीनकी जियु झाङले नेपालका शुभांगीलक्ष्मी शाहलाई ६–०, ६–२ ले, जापानकी जुलिया धैया वार्देनले नेपालकी प्रकृति श्रेष्ठलाई ६–१, ६–० ले र चीनकी इटोङ झाङले नेपालकी अल्सा रेग्मीलाई ६–०, ६–२ ले हराए दोस्रो चरणमा प्रवेश गरे ।


यसअघि ग्रेड ५ लेभलको जुनियर टेनिसमा शनिबार र आइतबार भएको क्वालिफाइङ राउन्डबाट ४ महिला र ४ पुरुष खेलाडी यस प्रतियोगितालाई छानिएका थिए । प्रतियोगिता संयोजक अजय विष्टले प्रतियोगिताबाट वल्र्ड र्‍याङकिङमा नम्बर जोडिने भएकाले विदेशी खेलाडी नेपालमा खेल्न लालयित भएको बताए । च्याम्पियनसिप पोखरा रंगशालामा फागुन ४ सम्म चल्नेछ ।

प्रकाशित : माघ २२, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?