कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

नेपाललाई यूएईसँगको ट्वान्टी–२० शृङ्खला

वर्षाले प्रभावित खेल १०–१० ओभरमा झारिएको थियो

काठमाडौँ — एकदिवसीय अन्तर्राष्ट्रियपछि नेपालले यूएई विरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा पनि जित हासिल गरेको छ । नेपालले पहिलोपटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको हो । यसअघि नेपालले नेदरल्याण्ड्स र हङकङसँग शृङखला खेलेको थियो । दुवैमा नेपाल पराजित भएको थियो । 

नेपाललाई यूएईसँगको ट्वान्टी–२० शृङ्खला

तीन खेलको शृङ्खलाअन्तर्गत तेस्रो तथा निर्णायक खेलमा आइतबार १४ रनको जितसँगै नेपालले शृङ्खला २–१ ले जितेको हो । नेपालले पहिलो खेलमा बिहीबार २१ रनले हारेको नेपालले दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो ।


दुवईस्थित आईसीसी एकेडेमी ओभलमा वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । कप्तान पारस खड्काको २९ र डेब्यू शृङ्खला खेलेका सन्दीप जोराको २८ रनको सहयोगमा नेपालले ८ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।

ओपनर पवन सर्राफ खाता नखोली आउट भएपछि नेपालले तेस्रो खेलमा पनि राम्रो सुरुआत गर्न सकेन । कप्तान पारसले एउटा एण्डबाट रन बटुलिरहँदा अर्को एण्डबाट ज्ञानेन्द्र मल्ल ११ र दीप्न्द्र सिंह ऐरी २ रनमा आउट भए ।

पारसले १४ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्बाधिक २९ रन बनाए ।

जवाफमा सन्दीप जोरा र विनोद भण्डारीले पाँचौं विकेटका लागि ३७ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक योगफल बनाएको हो । ११ बल खेलेर जोराले ३ छक्कासहित २८ रन बनाउँदा १३ बलमा २ चौका र १ छक्कासहित विनोदले २१ रन जोडे । करण केसीले पनि १० रन बनाए । यूएईका मोहम्मद नभिद र अमिर हायतले २/२ विकेट लिए ।

१ सय ५ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ९० रनमात्र बनाउन सक्यो । करण केसी अभिनाश बोहोरा र ललितनारायण राजवंशीले २/२ विकेट लिएसँगै यूएईको इनिङ कमजोर बन्यो । सोमपाल कामीले नेपालको विकेट खाता खोलेका थिए । सन्दीप लामिछानेले पनि १ विकेट लिए ।

यूएईका घुलामा शब्बरले १५ बलमा २५, साइमन अनवारले २० बलमा ३० र मोहम्मद बोताले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।दुवै शृङ्खला जितेर नेपाली टोली सोमबार स्वदेश फर्कँदैछ ।

........

यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको छ । दुबई स्थित आईसीसी एकेडेमी ओभलमा खेल सुरु हुनु अगाडि वर्षा भएकाले खेल १०–१० ओभरमा झारिएको छ ।

नेपालले प्रदीप ऐरीको स्थानमा विनोद भण्डारीलाई खेलाएको छ । विनोदले नै नेपालबाट विकेटकिपिङ गर्नेछन् ।

शृङ्खला १–१ को बराबरीमा रहेको छ । युएईले पहिलो खेल २१ रनले जितेको थियो । नेपालले दीपेन्द्रसिंह ऐरीको अविजित ४७ रनमा ४ विकेटले जित्दै ३ खेलको शृङ्खला बराबरीमा ल्याएको थियो । नेपालले ३ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला यसअघि नै २–१ ले जितेको थियो ।

प्रकाशित : माघ २०, २०७५ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?