३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रोहितले बनाए विश्व कीर्तिमान

काठमाडौँ — नेपालका रोहितकुमार पौडेल अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी भएका छन् । दुबईमा शनिबार यूएईसँग भएको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा रोहितले १६ वर्ष १ सय ४६ दिनमा अर्धशतक बनाउँदै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शहिद अफ्रिदीको कीर्तिमानलाई तोडेका हुन् ।

रोहितले बनाए विश्व कीर्तिमान

तेन्दुलकर सन् १९८९ मा पाकिस्तानविरुद्ध टेस्टमा आफ्नो पहिलो अर्धशतक (५९ रन) बनाउँदा १६ वर्ष २ सय १३ दिनका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रियमा भने यो कीर्तिमान अफ्रिदीको नाममा थियो । सन् १९९६ मा अफ्रिदीले श्रीलंकाविरुद्ध केन्याको नैरोबीमा ३७ बलमा शतक बनाउँदा १६ वर्ष २ सय १७ दिनका थिए ।

ब्याट्सम्यान रोहितले अन्तर्राष्ट्रिय कीर्तिमान राखे भने सोमपाल कामी एकदिवसीयमा ५ विकेट लिने नेपालका पहिलो बलर बने ।


रोहितको अर्धशतक र सोमपालको ५ विकेटमा दुबई भ्रमणमा रहेको नेपालले यूएईलाई १ सय ४५ रनको भारी अन्तरले पराजित गरी शृंखला १–१ को बराबरीमा ल्यायो ।


रोहितको ५५ रनमा नेपालले दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस जितेर निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ४३ रन बनाएको थियो ।

प्रकाशित : माघ १२, २०७५ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?