३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

शृंखला जित्ने मौका

आदर्श ढकाल

दुबई, यूएई — नेपाल शुक्रबार दुबईस्थित आईसीसी एकेडेमी ओभलमा उत्रँदा ऐतिहासिक क्रिकेट शृंखला जितको दाउमा हुनेछ । यूएई केही प्रमुख खेलाडीबिना खेल्न लागेकाले नेपालसँग शृंखला जित्ने अवसर छ ।

शृंखला जित्ने मौका

यूएईका नियमित कप्तान रोहन मुस्ताफासहित अन्य दुई खेलाडी अहमद राजा र रमिज शेहजादलाई क्रिकेट बोर्डले अनुशासन मिचेकामा ८ साता प्रतिबन्ध लगाएको छ । अर्का खेलाडी एडनान मुफ्तीले पनि संन्यास घोषणा गरिसकेकाले नेपालको सम्भावना देखिएको हो ।


एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको पछिल्लो राष्ट्र नेपालले सम्हालिने प्रयासमा रहेको यूएईसँग तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ । मार्चमा जिम्बावेमा भएको आईसीसी विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।


त्यसयता नेपालले तीनवटा मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छ । वरीयतामा आउन कम्तीमा ६ खेल खेल्नुपर्ने हुन्छ । यूएईसँगको शृंखलापछि एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा छिर्ने हुनाले शृंखलामा आफूअनुकूल नतिजा ल्याए नेपालले वरीयतामा राम्रो स्थान बनाउन पनि सक्छ ।


यसअघि खेलेका तीन एकदिवसीय अन्तर्राष्ट्रियमध्ये २ वटामा पराजय भोगेको छ । एक पराजय एसिया कप छनोटमा मलेसियामा यूएईविरुद्ध नै थियो । हाल १४ राष्ट्र रहेको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा यूएई पुछारमा छ ।

प्रकाशित : माघ ११, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?