सिमरा गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा

पवन यादव

सिमरा — सिमरा रंगशालामा भइरहेको दसौं सिमरा गोल्डकप फुटबलमा मंगलबार अन्तिम क्वाटरफाइनलमा रुस्लान थ्रीस्टार क्लब विजयी भएको छ । उसले सीएमजी संकटा क्लबलाई २–० स्तब्ध पार्दै सेमिफाइनल यात्रा तय गरेको छ । 

सिमरा गोल्डकपमा संकटाविरुद्ध बल अघि बढाउँदै थ्रीस्टारका रन्जन विष्ट । 

थ्रीस्टारको जितमा विदेशी खेलाडी फोफाना फोडे र सुसन श्रेष्ठले गोल गरेका थिए । खेलको १३ औं मिनेटमा फोडेले गोल गर्दै थ्रीस्टारलाई १–० को अग्रता दिलाए । सुरुमै गोल खाएपछि संकटा दबाबमा परेको थियो । त्यसपछि संकटा आक्रामक ढंगमा उत्रिए पनि गोल गर्न सकेन ।

संकटाको आक्रामक प्रस्तुतिमा दर्शकदीर्घाले पनि भरपुर मज्जा लिए । थ्रीस्टारको मजबुत फिल्डिङलाई संकटाले जति प्रयास गरे पनि चिर्न सकेन । गोललाई संकटाको तालमेल बनेन । त्यसपछि संकटाले ८५ अाैं मिनेटमा अर्को गोल सामना गर्‍यो । थ्रीस्टारबाट सुसनले गोल गरेर टोलीलाई २–० को अगािड बढाए । फोफनालाई स्थानान्तरण गरेका सुसनले रुपेश केसीले मिलाइदिएको पासमा गोल गरेका हुन् । संकटाको भने अन्तिमसम्मको प्रयास सफल हुन सकेन ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले सुरुआतमै गोल खाएपछि खेलमा फर्कन नसक्दा पराजय बेहोर्नुपरेको बताए ।‘आफ्ना खेलाडीले सोचेअनुसार प्रदर्शन गर्न सकेनन,’ उनले भने, ‘थ्रीस्टारका खेलाडीले राम्रो खेले ।’प्रशिक्षक खड्गीले ए डिभिजन लिगपछि थ्रीस्टारबाट बाहिरिएका नीराजन खड्कालाई समेत उतारेका थिए । उनले नीराजन संकटासँग अनुबन्धन प्रक्रियामा रहेको बताए ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले लगातारको प्रतियोगिताका कारण खेलाडीले सोचेअनुसार प्रदर्शन गर्न नसकेको बताए । ‘जितले खुसी बनाए पनि खेलाडीले स्तरअनुसार प्रदर्शन भने गर्न सकेनन्,’ उनले भने, ‘लिगपछि टिममा केही नयाँ खेलाडी आएका छन् । उनीहरू टिममा घुलमिल हुन बाँकी छ ।’

उनले खप्तड गोल्डकपले सिमरा गोल्डकपमा खेल्ने अन्य टिमलाई प्रभावित बनाएजस्तै आफ्नो टिम पनि प्रभावित बनेको बताए । सेमिफाइनलमा थ्रीस्टारले सुधारिएको खेल प्रदर्शन गर्ने उनको जिकिर थियो । थ्रीस्टारका अडामा डाम्बिया म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ हात पारे । बुधबारको पहिलो सेमिफाइनलमा आयोजक नव जनजागृति युवा र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : माघ ९, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्

अनशन बस्ने थापा पूर्वसशस्त्र समूहका

अजित तिवारी, सन्तोष सिंह

जनकपुर — पहिलो संविधानसभाबाट संविधान निर्माण अनिश्चितसँगै बढेको राजनीतिक उथलपुथलले देशैभरि जातीय र आपराधिक समूह सलबलाए । ‘जनप्रतिनिधिको जनतासँग विश्वास गुमेको’ भन्दै ०६७ जेठ २३ गते जनकपुरमा नयाँ सशस्त्र समूहको गठन गरियो ।

मधेस–पहाडका ६ जिल्लामा हिंसात्मक गतिविधि मच्चाउने संगठनको महासचिव र प्रवक्ता बने, विजय थापा अर्थात् शिवा ।
ओखलढुंगाको सिसनरी ४ का थापा त्यही व्यक्ति हुन्, जसले चिकित्सा शिक्षामा सुधारको माग गर्दै १६औं अनशन थालेका डा. गोविन्द केसीको विरोधमा इलाममै पुगेर अनशन बसे ।

डा. केसीको विरोधमा अनशन बसेपछि एकाएक चर्चामा आएका थापाको आपराधिक पृष्ठिभूमि पनि उदांगिएको छ । तराई–मधेसमा सशस्त्र समूहको हिंसात्मक गतिविधि तीव्र बनेका बेला २०६७ जेठ २३ को राति जनकपुरमा संयुक्त क्रान्तिकारी मुक्ति मोर्चा नामको अर्को सशस्त्र समूह थपियो । कमान्डर बलवीर सिंह, महासचिव थापा र सैन्यप्रमुख वीरेन्द्र सदा तोकिए । सशस्त्र समूह गठन गर्ने बैठकमै थापा रसदा हतियार बोकेरै आएका थिए । सिरहाको मिर्चैया फर्किन ढल्केबरकोपानीट्यांकीमा बस कुरिरहेका दुवैलाई प्रहरीलेनियन्त्रणमा लियो ।

थापामाथि तलासी गर्दा रिभलवर १ थान, गोली र सशस्त्र समूहको दस्तावेज फेला पर्‍यो । उनीसँगै रहेका सादाको साथबाट प्रहरीले ९ एमएमको थप गोली बरामद गर्‍यो । थापासँग भएको दस्तावेजमा मधेस–पहाडका ६ जिल्लामा हिंसात्मक गतिविधि गर्ने र त्यसको जिम्मेवारी पनि तोकिएको थियो । सिरहा, सप्तरी, धनुषा, महोत्तरी र पहाडको उदयपुर तथा सिन्धुलीमा हिंसात्मक गतिविधि चर्काउने योजना बुन्दै संगठनले थापालाई त्यसको नेतृत्व सम्हाल्न उदयपुर र सिन्धुलीको इन्चार्ज तोके । थापाले आफ्नो आधार इलाकाको सदरमुकाममा कम्तीमा ३ स्थानमा बम विस्फोट गरी युद्धको उद्घोष गर्ने रणनीति बनाए ।

थापासँगै बरामद भएका संगठनको दस्तावेजमा बम बिष्फोट सरकारी कार्यालयलक्षित हुने उल्लेख छ । राजनीति उथलपुथलको बेला ६ जिल्लामा तहसनहस पार्ने योजनासहित गठन भएको सशस्त्र समूहका २ ठूला नाइके थापा र सादालाई धनुषा प्रहरीले पक्राउ गरेपछि उनीहरूको हिंसा फैलाउने योजना तुहियो । ‘थापासँग बरामद भएको आधुनिक हतियार र दस्तावेजले उनीहरू ठूलै बितन्डा मच्चाउने मानसिकतामा रहेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय धनुषाका इन्सपेक्टर उमाशंकरसाहले कान्तिपुरसंग भने, ‘संगठन खोलेकै अर्को दिन पक्राउ परेकाले ठूलो घटना हुनबाट जोगियो ।’

जिल्ला प्रशासन कार्यालय धनुषाका कर्मचारी मंगलबार हातहतियार र खरखजाना मुद्दा खेपेका थापाको कागजात नयाँ फाइलमा सार्दै । तस्बिर : सन्तोष/कान्तिपुर

अपराधिक साइनो
सानैदेखि आँटिलो र आपराधिक सोचका थापा जनयुद्धताका माओवादी हुँ भन्दै आतंक मच्चाउने र चन्दा संकलन तीव्र पारेपछि ओखलढुंगाको थातथलोबाट लखेटिए । उदयपुरको कटारीमा उनले ढाट राखेर चुंगीकर असुल्न थाले । चुंगीकर असुल्ने क्रममा झगडा हुँदा उनलाई प्रहरीले घुर्मीबाट पक्राउ गर्‍यो । केही दिनको हिरासतपछि उनी सिरहाको मिर्चैया झरे । त्यहाँ उनले स्थानीय केटाहरू प्रयोग गरी आपराधिक जालो फिँजाए ।

मिर्चैया बस्दा थापा हातहतियार र लागूऔषध कारोबारमा पनि संलग्न रहे । प्रहरीले उनलाई मिर्चैयाबाट पक्राउ गर्‍यो । सजाय काटिसकेपछि थापा मिर्चैयाबाट काठमाडौं पुगे । ‘ढल्केबरको बस बिसौनीमा थापासहित ३ जना बस कुरिरहेका थिए,’ इलाका प्रहरी कार्यालय ढल्केबरका तत्कालीन इन्स्पेक्टर श्याम केसीले भने, ‘उनीहरूको हर्कत र गतिविधिले हामीलाई शंकालु बनायो । नजिक पुग्दा १ जना भागे । थापा र सदालाई नियन्त्रणमा लियौं ।’

राजनीतिक सम्बन्ध
दोस्रो संविधानसभाबाट संविधान जारी आफ्ना माग उल्लेख नभएको भन्दै मधेसवादी दलले एमाले/कांग्रेसप्रति खुलेरै असन्तुष्टि पोखे । मधेस अशान्त र नाकामा भारतीय अवरोध थियो । तत्कालीन एमालेको चाहनामा २०७२ माघ १५ गते रैथाने एकता परिषद् भन्ने नयाँ संगठन मधेसमा सक्रिय भयो । त्यसको नेतृत्व धनुषा, ढल्केबरका सन्तोष बराइलीले सम्हाले ।

वर्षदिनपछि स्थापना दिवसमा मोटरसाइकल र्‍यालीपछि लहानमा आयोजित सभामा थापालाई परिषद्मा भित्र्याइयो । बराइलीका अनुसार जुझारू र आँटिलो केटा भएकाले थापालाई परिषद्मा आबद्ध गरिएको थियो ।

प्रकाशित : माघ ९, २०७५ ०९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्