३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पुजाराको शतकमा भारतको पुनरागमन

एएफपी

दुबई — चेतेश्वर पुजाराले कठिन क्षणमा १ सय २३ रनको साहसिक इनिङ्स खेलेपछि भारतले बिहीबार एडिलेडमा सुरु पहिलो टेस्टमा अस्ट्रेलियाविरुद्ध पुनरागमन गरेको छ । अस्ट्रेलियाले उत्कृष्ट बलिङ गर्दै सुरुआती खेल नियन्त्रणमा लिएको थियो । 

पुजाराको शतकमा भारतको पुनरागमन

नाथन लायन, प्याट कुमिन्स, जोस हेजलउड र मिचेल स्टार्कले ३६ डिग्रीको गर्मीमा २–२ विकेट लिएपछि भ्रमणकारी टोली पहिलो दिनको खेलमा २५०–९ को स्थितिमा छ । अनुभवी पुजाराले २ सय ४६ बल खेल्दै टेस्ट क्रिकेटमा ५ हजार रन पूरा गरे । कप्तान विराट कोहलीलाई ३ रनमै गुमाएको अवस्थामा उनले आफ्नो १६ औं टेस्ट शतक पूरा गरेका हुन् ।


तर खेलको अन्तमा उनलाई कुमिन्सले सानदार तरिकाले रनआउट गरे । ‘टेस्ट क्रिकेटमा यो मेरो उत्कृष्ट इनिङ्समध्ये एक हो । अझ भनौं, उत्कृष्ट ५ मध्ये एक हो,’ अन्य ब्याट्सम्यानले राम्रो स्कोर गर्न नसकेकामा निरास देखिएका पुजाराले भने, ‘साँच्चै भन्ने हो भने हामीले यो भन्दा राम्रो ब्याटिङ गर्न सक्नुपथ्र्यो । तर उनीहरूले पनि पहिलो दुई सत्रमा राम्रो बलिङ गरेका हुन् । मैले यही बुझेर धैर्यसाथ खेल्दै कमजोर बल कुरेर बसेको थिएँ ।’


उनले आफ्नो टोलीले यो गल्ती बुझेर दोस्रो इनिङ्समा राम्रो खेल्नुपर्ने जनाए । कोहलीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्दा भारतको सुरुआत निकै खराब हुनपुग्यो । रविचन्द्रन अश्विनले २५ रन बनाउँदै पुजारालाई राम्रो साथ दिए । अस्ट्रेलियाले भोजनअगाडि नै भारतको ४ विकेट लिएको थियो ।


रनका लागि संघर्ष गरिरहेका ओपनर केयल राहुल पुन: असफल रहे । उनी हेजलउडको बलमा २ रन बनाई स्लिपमा आरोन फिन्चबाट समातिए । युवा ब्याट्सम्यान पृथ्वी श घाइते भएका कारण टोलीमा स्थान पाएका भेट्रान मुरली विजय ११ रन बनाई स्टार्कको बलमा कप्तान टिम पेनबाट समातिए । कोहली १६ बलमात्र टिक्न सके । कुमिन्सको बललाई ड्राइभ गर्दा उनी उस्मान ख्वाजाबाट गलीमा उत्कृष्ट एकहाते क्याच थमाउन पुगे ।


यसअघि अस्ट्रेलिया भ्रमणमा दुईपल्ट आउदा पाँच टेस्ट शतक बनाइसकेका कोहलीलाई आउट गरेपछि घरेलु टोली खेलमा हाबी हुन लाग्यो । उपकप्तान अजिन्का रहाने १३ रन बनाई स्लिपमा क्याच दिन पुगे । प्लेइङ टोलीमा अटाएका रोहित शर्माले ३१ रन बनाए ।


उनले लायनको बलमा छक्का पनि प्रहार गरेका थिए । फेरि अर्को छक्का प्रहार गर्ने प्रयासमा उनी आउट भए । ६५ औं टेस्ट खेल्दै गरेका पुजाराले ऋसव पन्तसँग ४१ र अश्विनसँग ६२ रनको साझेदारी गरे । पन्तले पनि २५ रन बनाए ।


मार्चमा दक्षिण अफ्रिकाविरुद्ध खेल्दा बलको प्राकृतिक स्वरुप बिगारेर ठूलो विवादमा परेयता अस्ट्रेलियाको घरेलु भूमिा यो पहिलो टेस्ट हो ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?