स्टार बिनाको विश्वकप ?

न्युयोर्क टाइम्स

लन्डन — नेयमार, केयलिन एमबापे, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोविरुद्धको विश्वकप । कल्पना गर्न सकिन्छ र ? अर्को शब्दमा भन्ने हो भने विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता, तर त्यसमा कोही पनि स्टार खेलाडी छैनन् ।

स्टार बिनाको विश्वकप ?

यस्तो अकल्पनीय सम्भावनाबारे हालै छलफल भएको छ र यसमा सहभागी छन्, युरोपका केही धनी क्लबका प्रमुख । यसबारे चुहिएको समाचार त अब नयाँ भएन । त्यो छलफलको मूल विषय थियो, आफू आफू मिलेर अलग्गै लिग गर्ने ।


अझ भनौं, विद्रोही लिग । यो सबै सोच पछाडिका मुख्य व्यक्ति हुन्, रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज । तर जस–जसले त्यस्तो लिग खेल्नेछ, त्यसले विश्वकप अथवा त्यस्तै ठूला कुनै पनि प्रतियोगिता खेल्न पाउने छैन । यो घोषणा अरू कसैको होइन, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको हो । ‘रोजाइ प्रस्ट छ, कि हाम्रो पक्षमा, होइन भने हाम्रो विपक्षमा,’ इन्फान्टिनोले केही पत्रकारसम्मको कुराकानीमा भनेका छन् ।


इन्फान्टिनोले बोलाएका केही पत्रकारमा न्युयोर्क टाइम्सको पनि उपस्थिति थियो । र, यो यस्तो स्थितिमा बोलाइएको पत्रकार सम्मेलन थियो, जति बेला मान्नुपर्छ, विश्व फुटबल संकटमा छ । यो विद्रोह लिगमा विश्वकै सबैभन्दा धनी क्लब हुनेछन् । फेरि यो विश्व फुटबलका निकै संवेदनशील क्षणमा पनि आएको छ, किनभने अहिले फिफा र युरोपेली फुटबल महासंघ (यूईएफए) बीच राम्रो सम्बन्ध पनि छैन । सिधै भन्दा सम्बन्ध खराब स्थितिमा छ ।


मार्चमा त हो, इन्फान्टिनोले नयाँ प्रतियोगिताको सोच अगाडि सारेको । त्यो अर्बौं डलरको वरिपरि घुम्ने प्रतियोगिता हुनेछ । यसका लागि आर्थिक शक्तिका रूपमा जापानको सोफ्ट बैंक रहेको छ । यसले अहिले चलिरहेको युरोपेली च्याम्पियन्स लिगलाई ठूलो धक्का पुर्‍याउने छ । अझ सके, त्यसको अस्तित्व नै समाप्त पार्न सक्ने छ । अहिले रियल म्याड्रिड अग्रता लिइरहेको सुपर लिग त पूरा फुटबल संरचनामै ठूलो उथलपुथल ल्याउन सक्नेछ ।


अझ भनौं, यो अझ डरलाग्दो छ । यसअघि पनि यस्तो प्रस्ताव अगाडि नआएको होइन । तर क्लबहरू बीचमै पछाडि हटे । यसपल्ट भने उनीहरू गम्भीर छन् । तर यहाँनिर एउटा तथ्य के मान्ने पर्छ भने फिफा जस्तो संस्थाको समर्थन भएन भने यस्ता प्रतियोगिताको कुनै अर्थ भने हुने छैन । त्यसैले पनि इन्फान्टिनो आक्रामक भएर प्रस्तुत भएका छन् । उनले स्पष्ट भाषामा भनेका छैनन्, ‘आधिकारिक प्रतियोगितामा खेलेनौं भने आधिकारिक ठूला प्रतियोगितामा पनि खेल्न पाउने छैनौं ।’


यस तथाकथित प्रतियोगितामा युरोपका एक दर्जन ठूला क्लब हुनेछन् । जर्मन पत्रिकाले चुहाएको गोप्य सम्झौता अनुसार रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सुपर लिगमा आफ्नो टिमसँगै त्यसमा बार्सिलोना, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल, लिभरपुल, बायर्न म्युनिख, युभेन्ट्स, एसी मिलान र पेरिस सेन्ट जर्मेन हुने योजना बनाएका छन् । पछि यसमा अरू क्लब पनि थपिने छन् र ती हुन्, एटलेटिको म्याड्रिड, बोर्सिया डर्टमन्ड, मार्से, इन्टर मिलान र एएस रोमा ।


सुपर लिगको विपक्षमा ठूलो घरेलु लिगका प्रमुख पनि अगाडि आएका छन् । हुन पनि जुन टिमले सुपर लिग खेल्नेछ, त्यसले त्यहाँको फुटबल संघसँगै घरेलु लिग पनि छाड्नेछ । त्यसैले स्पेनी ला लिगाका अध्यक्ष भ्याभिएर टेबासले भनेका छन्, ‘यो सुपर लिग भनेको पबमा बसेर बिहानको पाँच बजे बनेको कार्यक्रम जस्तै हो ।’ रियलले यसबारेमा केही पनि बोलेको छैन । अहिले घरेलु लिग र फिफालाई

एक–आपसमा नमिलेर पनि सुख छैन ।


– तारिक पान्जा

प्रकाशित : कार्तिक २५, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?